ओली र प्रचण्डबीच वार्ता जारी, सहमतिमा पुग्ने सम्भावना भने कम

ओली र प्रचण्डबीच वार्ता जारी, सहमतिमा पुग्ने सम्भावना भने कम
+
-

काठमाडौँ – पार्टीभित्र उत्पन्न मतभेद मत्थर पार्ने प्रयासस्वरुप नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता जारी छ।

मगंलबार बालुवाटारमा करिव एक घण्टादेखि ओली र प्रचण्डबीच वार्ता चलिरेहको हो। नेकपा स्रोतका अनुसार उनीहरुबीच आजै सहमति हुने सम्भावना भने कम छ, सचिवालय बैठकको मिति भने तय गर्न सक्छन्।

वैशाख ८ गते गरेको दलविभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय वैशाख १२ गतेनै फिर्ता लिएपनि ओलीप्रति अविश्वास नघटेपछि उनीविरुद्ध प्रचण्डसहित नेकपा सचिवालयकै ६ जना उभिएका छन्।

पार्टीको स्थायी कमिटीका अधिकांश सदस्यहरु पनि ओलीले सरकार सञ्चालन गर्न नसक्ने निष्कर्ष निकाल्दै उनले राजीनामा दिनुपर्ने अडानमा छन्।

उनीहरुको अडानबारे जानकारी पाएपछि ओलीले उनीहरुको माग अनुसार सचिवालयसँगै स्थायी कमिटी बैठक बोलाउन आनाकानी गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

सचिवालय बैठक हैन ओलीले प्रचण्डलाई बोलाए बालुवाटार

सचिवालय बैठक हैन ओलीले प्रचण्डलाई बोलाए बालुवाटार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष