नेकपामा जोडघटाउ तीब्र

ओलीको निरन्तरता वा बहिर्गमन? निर्णायक मोडमा

ओलीको निरन्तरता वा बहिर्गमन? निर्णायक मोडमा
+
-

काठमाडौँ- पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता वा बहिर्गमनको ‘युद्ध’ नेकपामा अन्ततः निर्णायक मोडमा पुगेको छ।

विगत एकसातादेखि नेकपामा चलेको शक्ति ‘युद्व’को अन्त्यमा भोलि निर्धारित केन्द्रीय सचिवालय बैठकले खासै अर्थ नराख्ने यो ‘युद्ध’मा सामेल नेताहरु बताउँछन।

पछिल्लो एक सातायता बालुवाटार, कोटेश्वर र खुमलटारमा दोहोरिएका छुट्टाछुट्टै र समूहगत बैठक आ–आफ्ना अडानका साथ टुंगिए।

तर प्रधानमन्त्री ओली मगंलबार उनीसँग असन्तुष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भोली केन्द्रीय सचिवालय बैठक डाक्न सहमत भएका हुन्।

सचिवालयमा ओलीको कार्यशैलीविरुद्ध प्रचण्डसँगै ६ जना नेता उभिएका छन्। उनीहरुले स्थायी कमिटी बैठकका लागि दबाब त दिन सक्छन् तर ओली कसरी प्रस्तुत हुन्छन् त्यसले पाटीभित्रको ‘युद्ध’ निर्भर गर्छ।

स्थायी कमिटी बैठक पहिल्यै संसदीय दलमा जोडघटाउ शुरु

पार्टी भित्र चर्किएको शक्ति युद्धलाई आफ्नो पक्षमा पार्न शीर्ष नेतृत्व आआफ्नो रणनीति बनाउन व्यस्त देखिएको छ।

आफ्ना मत स्पष्टरुपमा पार्टीभित्र राख्न पाउनुपर्ने र अविलम्ब स्थायी कमिटी बैठक डाक्नुपर्ने पार्टी स्थायी कमिटीका अधिकांश सदस्यहरुको मागलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत थालेका छन्।

ओलीले स्थायी कमिटी बैठक तत्कालै नबोलाएमा उनलाई पार्टी र प्रधानमन्त्री दुवै पदबाट हटाउन उनीसँग असन्तुष्ट पक्षले हस्ताक्षर अभियानै सुरु गरेका बेला ओलीबाट नयाँ कसरत शुरु भएको हो।

अभियानमा संलग्न नेता रघुजी पन्तले पार्टीसँग सल्लाह नगरी प्रधानमन्त्री ओलीले गरेका निर्णहरुका कारण पार्टी, सरकार स्वयम् ओलीको छवीमा धव्बा लागेको बताए।

उनले मगंलबार साँझ एपीवान टेलिभिजनलाई दिएको एक अन्तवार्तामा भनेका छन्,‘ प्रधानमन्त्रीले आलोचना स्वीकार गर्नु भएन। राम्रो काम गर्ने उहाँका लागि स्वर्णिम अवसर थियो, त्यो गुम्यो। आफ्ना विवादास्पद घटना र निर्णयको बचाउ गर्नुभयो। यो ढंगले सरकार र पार्टी अघि बढ्न सक्दैन। निकास दिने दायीत्व उहाँको काँधमा आएको छ।’

पार्टीका नेताहरुका अनुसार ओली आफ्ना कमीकमजोरी र गल्ती सुधार्न तयार छन्। तर उनी नेतृत्व छाड्न तयार छैनन्। ‘उहाँ दायाँबायाँ गर्न चाहन्नुहुन्न। आफूले सबै राम्रै काम गरेको भन्नुहुन्छ। मैले चित्त नबुझेको कुराभन्दा बैठक बसौँ, छलफल गरौँ भन्नुभयो,’ प्रचण्डलाई उद्धृत गर्दै उनी निकट एक नेताले देशसञ्चारसँग भने।

सचिवालयसँगै स्थायी कमिटीमा बहुमत गुमाइसकेका ओलीले आफ्नो पक्षमा संसदीय दलमा बहुमत जुटाउने एक मात्र विकल्प देखेपछि सोमबारदेखि सांसदहरुलाई बालुवाटारमा बोलाएर मनाउने प्रयास थालेका छन् ।

नेकपा संसदीय दलमा १७४ जना सांसद रहेकोमा पूर्व एमालेबाट १ सय २१ जना र पूर्व माओवादीबाट ५३ जना सांसद छन्, सभामुख अग्नी सापकोटासहित। तीमध्ये ओली निकट ७८ जना सांसद रहेको दाबी उनले आफू निकट नेताहरुसमक्ष गर्दै आएका छन्।

उनको आफ्नो पक्षमा बहुमत पु¥याउन आवश्यक थप १० जना सासंदलाई फकाउने कसरत जारी छ। प्रधानमन्त्री ओलीले बोलाएपछि सोमबार बालुवाटार पुगेका पूर्वमाओवादी पृष्ठभूमिका देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री ओलीले राम्रो काम गर्दागर्दै आफूलाई हटाउने प्रयास हुनु राम्रो होइन भन्नुभयो। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेको मान्नुपर्छ भन्ने उहाँको आग्रह थियो।’

तर नेता पौडेलले प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूह मिलेमा संसदीय दलमा उनीहरुको पक्षमा बहुमत जुट्ने बताए। ओलीले सोमबार आफूसँग असन्तुष्ट नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मन बुझ्न आफ्ना निकट नेताहरुलाई उनीहरुसँग वार्ता गर्न कोटेश्वर पठाएका थिए ।

तर उनले नेपाल समूहसँग मिल्नका लागि कुनै ठोस प्रस्ताव नपठाई विभिन्न ‘अफर’ हरु पठाएपछि आफ्नो अडान यथावत राखेरै नेपाल समूह छुट्टिएको थियो। वार्तामा सामेल नेपाल पक्षका नेता भीम रावलका अनुसार सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएकाले सचिवालय बैठक बोलाउने सहमतिबाहेक वार्ता निष्कर्र्सबिहीन भएको थियो।

वार्तामा नेपाल पक्षले आफ्नो अडान दोहो¥याएको थाहा पाउनासाथ ओलीले भने संसदीय दलमा परिआएमा साथ दिनुपर्ने भन्दै सांसदहरुलाई बालुवाटार बोलाएर मनाउने प्रयासको थालनी गरेका थिए।

ओलीले खासगरी प्रचण्ड, अर्का नेता रामबहादुर थापा बादल निकट र माओवादीबाट अलग भएका डा. बाबुराम भट्टराई खेमाका सांसदहरुलाई आफ्नो पक्षमा उभिन आग्रह गरेका थिए।

ओली सरकारमा मन्त्री समेत रहेका पूर्व माओवादी पृष्ठभूमि रहेका नेता लेखराज भट्ट, नेता टोपबहादुर रायमाजी, दिनानाथ शर्मा, नेता पौडेल, प्रभु शाहलगायत बालुवाटार पुगिसकेका छन्।

मगंलबार नेता भट्टले वर्तमान अवस्थामा सरकार गिराउने प्रयास गर्नु राम्रो नभएको भन्दै आफू ओलीको पक्षमा रहेको स्पष्ट संकेत दिएका छन्। उनले भने, ‘साथीहरुलाई चित्त नबुझेको हुनसक्छ । तर कस्तो अवस्थामा के काम गर्ने भन्ने पनि ख्याल गर्नुपर्छ ? देश कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको बेला सत्ताका लागि लड्न मिल्दैन।’

यस्तै ओलीले पूर्वएमाले पृष्ठभूमिका महेश बस्नेत, निरूदेवी पाल, कृष्णकुमार श्रेष्ठ, लालबहादुर थापा, विजय सुब्बालगायतलाई भेटेर अरु सांसदलाई पनि आफ्ना पक्षमा ‘लविङ’ गर्न आग्रह गरिसकेका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि सांसद निरु पालले भनिन, ‘पार्टीभित्र उत्पन्न संकट अब टर्छ। भोली सचिवालय बैठक पनि डाकिएको छ।’ सभामुख छनौट, एमसीसी अनुमोदन, वामदेव प्रकरणलगत्तै अध्यादेश प्रकरण र सांसद प्रकरणलगायतका कारण नेकपाभित्र शक्ति ‘युद्ध’ चुलिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष