झापा बाह्रदशीका संक्रमितका सम्पर्कका ६२ जनाको रिपोर्ट नेगेटिभ

झापा बाह्रदशीका संक्रमितका सम्पर्कका ६२ जनाको रिपोर्ट नेगेटिभ
+
-

झापा- झापाको बाह्रदशी गाउँपालिकाका कोरोना भाइरस कोभिड-१९ बाट संक्रमितका सम्पर्कमा आएका ६२ जना व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

कार्यालयका कार्यक्रम संयोजक जीवन चौंलागाईंका अनुसार बाह्रदशीका संक्रमित मुसलमान जमातीका सम्पर्कका पहिलो घेराका सबै संक्रमितको रिपोर्ट नेगेटिभ आएको हो।

ती ६२ जनाको साथै झापा बुद्धशान्ति गाउँपालिका ३ का एकजना पुरुषको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए। बुद्धशान्तिका ती व्यक्ति दमक ३ का संक्रमित व्यक्तिका छोरासंगै विदेशबाट एउटै विमानमा नेपाल आएका र झापा आउँदा पनि बसमा संगै आएका थिए।

दमकका संक्रमित व्यक्तिका छोराको आरटिडी परीक्षणमा पोजिटिभ आएको थियो भने पिसिआर परीक्षण नेगेटिभ आएको तर उनका बुवाको रिपोर्ट पोजिटिभ आएको थियो।

ती युवकलाई कोभिड-१९ संक्रमण भएर निको भएको हुनसक्ने र उनका बुवाको सरेको हुनसक्ने स्वास्थ्यकर्मीले बताउँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?