नेकपा केन्द्रीय सचिवालय बैठक धकेलियो

वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन टार्ने रणनीतिमा ओली

वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन टार्ने रणनीतिमा ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफल गर्नुपर्ने कारण देखाउँदै सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक डेढ घण्टा पर धकलेका छन्।

उनले शनिबार अपराह्न ४ बजे निर्धारित बैठक साँझ साढे ५ बजेका लागि सारेका हुन्। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई बैठक सारेको जानकारी आएको तर कारणबारे नखुलाइएको बताए।

शनिबारको सचिवालय बैठकमा असन्तुष्ट नेताहरुले प्रधानमन्त्री ओलीले आफ्ना उत्तराधिकारीका रुपमा नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्दै गरेको प्रस्ताव ‘माइन्यूट’ गर्न दबाब दिने बुझिएको छ।

तीन दिनअघि वैशाख १७ गते भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस संकटपछि आफूले राजीनामा दिने र नेता गौतमलाई चुनाव लडाएर या संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

यस्तै उनले अर्का असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि बैठकमा राखेका थिए। प्रधानमन्त्री ओलीको यो प्रस्ताव नेता नेपालले भने अस्वीकार गर्ने बुझिएको छ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा समेत दबाब दिने रणनीतिमा असन्तुष्ट नेताहरु छन्।

प्रधानमन्त्री ओलीको प्रस्तावको विश्लेषण र निष्कर्षका लागि ओलीसँग असन्तुष्ट नेताहरु पछिल्लाे तीन दिन लगातार एकआपसमा र आआफ्ना समूहमा बेग्लाबेग्लै र सामूहिक छलफल गरेका छन्।

उनीहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन्। यी सबै छलफलको केन्द्रविन्दुमा नेता गौतमनै परेका छन्।

नेकपा स्थायी कमिटी सदस्य एवं नेपाल समूहका नेता भीम आचार्यले प्रधानमन्त्री ओलीले गरेका प्रस्ताव कति अनकुल कति प्रतिकुल छन् भन्नेबारे निरन्तर छलफल भइरहेको बताए।

उनले भने, ‘हामीले पार्टीभित्र छलफल नगरी कुनै पनि समस्याको समाधान हुँदैन। अहिले देखिएको समस्या नेतृत्वको हो। विधि र पद्दतिमा चल्ने नेतृत्व निर्माणका लागि हाम्रो कसरत जारी छ। प्रधानमन्त्रीबाट पेस गरिएका दुई प्रस्ताव छलफलको केन्द्रबिन्दुमा छ।’

तर प्रधानमन्त्री ओलीले आफ्नो पद सुरक्षाका लागि गौतमलाई पासा मात्रै फ्याँकेको र त्यसलाई वैधानिकता दिन असन्तुष्ट नेताहरुले आफूलाई दबाब दिने देखेपछि बैठक पर धकेलेको सचिवालयका एक सदस्यले बताए।

उनले भने, ‘प्रधानमन्त्री ओली आफ्नो पद छोड्न तयार हुनुहुन्न। साँझ अबेर बैठक बोलाएपछि छलफल गर्न समय नभएको भन्दै यो विषयलाई थाँती राख्ने सम्भावना धेरै छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष