
काठमाडौँ- पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक पर धकेलेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका नेता वामदेव गौतमसँग शनिबार छलफल गरेका छन्।
ओलीले नेता गौतमलाई बालुवाटार बोलाएर शनिबार अपराह्न छलफल गरिरहेको बुझिएको छ।
त्यसअघि बालुवाटारमै नेता गौतमसँग पार्टी महासचिव एवं ओली पक्षका विष्णु पौडेल, ईश्वर पाेखरेल र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले छलफल गरेको नेकपाको एक स्रोतले बतायो।
उनीहरुसँग करिव एक घण्टा छलफल गरेपछि नेता गौतम प्रधानमन्त्री ओलीको कक्षतर्फ लागेको स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले शनिबार ४ बजे निर्धारित बैठक साढे ५ बजेका लागि सरेको जानकारी सचिवालय सदस्यलाई दिएका थिए।