ओलीले प्रचण्डलाई भने: मैले टियर ग्यास छाडेँ, तपाईँहरु तितरबितर हुनुभयो

ओलीले प्रचण्डलाई भने: मैले टियर ग्यास छाडेँ, तपाईँहरु तितरबितर हुनुभयो
+
-

काठमाडौँ– आफ्नो राजीनामाका लागि चर्को दबाब खेपिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर आफूविरुद्धको मोर्चालाई तितरबितर पार्न ‘टियर ग्यास’ छोडेको प्रतिक्रिया दिएका छन्।

शुक्रबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफल गर्ने क्रममा ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

नेकपा स्रोतका अनुसार दाहालले नेता गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कसरी कार्यान्वयन गर्नुहुन्छ भन्दै ओलीसमक्ष जिज्ञासा राखेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आफूविरुद्धको मोर्चालाई तितरबितर पार्न ‘टियर ग्यास’ छोडेको प्रतिक्रिया दिएका थिए।

दाहाललाई मनाउने प्रयास गरिरहेका ओलीले उनीसमक्ष आफू प्रधानमन्त्रीमा रहिरहने बरु अब पार्टीको नेतृत्व दाहाल एक्लैले गर्न सक्ने प्रस्ताव अघि सारेको बुझिएको छ।

त्यसबारे कुनै पनि प्रतिक्रिया नजनाई प्रचण्ड सोझै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर हानिएका थिए।

प्रधानमन्त्री ओलीले वैशाख १७ गतेको सचिवालय बैठकमा आफूले राजीनामा नदिने बरु कोरोना संकटपछि नेता गौतमलाई उपचुनाव लडाएर या गौतमलाई राष्ट्रियसभामा लगेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

यस्तै ओलीले नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेकोमा नेता नेपालले त्यसलाई अस्वीकार गर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

विष्णु, ईश्वर र बादललाई भेटेपछि वामदेव पुगे ओलीको कक्षमा

विष्णु, ईश्वर र बादललाई भेटेपछि वामदेव पुगे ओलीको कक्षमा

वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन टार्ने रणनीतिमा ओली

वामदेवलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयन टार्ने रणनीतिमा ओली

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष