रविभवन दुर्घटना

गल्ती कस्को? कार कि मोटरसाइकल? (एक्सक्लुसिभ भिडियोसहित)

+
-

काठमाडौँ – काठमाडौँको रविभवनमा शुक्रबार बिहान  एउटा भयानक दुर्घटना भयो। निजी कार र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो। ज्यान गुमाउनेमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय टिकाराज गेलाल रहेका छन्।

कार सेनाका कर्णेल शिखर जबराले हाँकिरहेका थिए। देश सञ्चारलाई प्राप्त सिसिटिभी फुटेजअनुसार दुर्घटना बिहान सात बजेर सात मिनेट ५३ सेकेण्डमा भएको देखिन्छ। मोटरसाइकलका चालक गेलाललाई तत्काल हस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

कारका चालक ३९ वर्षीय शिखर यतिबेला प्रहरी नियन्त्रणमा छन्। उनीमाथी सवारी ज्यान मुद्धा चलाउने प्रहरीको तयारी छ। तर सिसिटिभी फुटेजमा कारको कुनै गल्ति देखिँदैन। तेजमा आएको मोटरसाइकलले टर्निङमा आफ्नो लेन बिर्सँदा विपरित दिशाबाट आएको कारसँग ठोक्किएको देखिन्छ।

बरु,  गल्लीबाट निस्किएको एउटा मोटरसाइकलको गल्तीका कारण गेलाल आँत्तिएर अर्को लेनमा पुगेको देखिन्छ। गल्लीबाट निस्किएको मोटरसाइकल दायाँतर्फ मोडिएपछि अगाडि आइरहेका गेलालले टर्निङमा आफ्नै लेनमा मोटरसाइकललाई मोड्न सकेको देखिँदैन।

यो पनि पढ्नुहोस्

सेनाका कर्णेलले चलाएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु

सेनाका कर्णेलले चलाएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?