यस कारण स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

यस कारण स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
+
-

काठमाडौँ – उपत्यकामा मंगलबार  नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मी, एक निजी अस्पतालमा कार्यरत एक नर्स र अन्य एक जनालाई  कोरोना भाइरसको संक्रमण पुष्टि भयो । त्योसँगै अस्पतालमा  कार्यरत नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा मात्रै होइन, सत्तारुढ नेकपामा समेत हल्लाखल्ला मच्च्यिो।

स्थायी कमिटी बैठक तत्काल नहोस् भन्ने चाहिरहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न त्यसलाई गतिलो बहाना बनाएको बुझिएको छ। स्थायी कमिटी बैठक आफ्नाविरुद्ध भएको निचोडका साथ ओली बैठक तत्कालै नराख्ने पक्षमा उभिका थिए ।

पार्टी मुख्यालय धूमबाराहीमा बुधबार ११ बजे बैठकको समय निर्धारण गरिएको थियो।  ओलीले  सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरौँ भन्ने प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेको बुझिएको छ।

बैठकको निर्धारित समय भन्दा दुई घण्टा अघि ‘कोरोना भाइरसको त्रास बढ्यो, बैठक स्थगित गर्नु पर्ने भयो’ भन्दै ओलीले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले पनि नाइ भन्न सकेनन्।

प्रचण्डले बैठकमा हुने सम्भावित विरोध र आलोचनाको जिम्मेवारी आफैले लिने बाचा गरेपछि ओली बैठक राख्न तयार भएका थिए । यता बिरामी ओलीलाई बालुटारबाट छोडेर धुम्बाराही जानु जोखिम पूर्ण ठानिएको थियो। उनका निजी चिकित्सकले उनलाई त्यहाँ जान अनुमति दिएका थिएनन् ।

 

यो पनि पढ्नुहोस्

नेकपाको स्थायी कमिटी बैठक स्थगित

नेकपाको स्थायी कमिटी बैठक स्थगित

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष