सत्तारुढ नेकपा वरिष्ठ नेता झलनाथ खनालको कडा सुझाव

‘सरकारले भारतसँग वार्ता गर्न कोरोना भाइरस या लकडाउनलाई बहाना बनाउन पाइँदैन’

‘सरकारले भारतसँग वार्ता गर्न कोरोना भाइरस या लकडाउनलाई बहाना बनाउन पाइँदैन’
+
-

काठमाडौँ – सत्तारुढ नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादसम्बन्धी वार्ता गर्न सरकारले कोरोना भाइरसको संक्रमण या लकडाउनलाई बहाना बनाउने अवस्था नरहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा नेता खनालले भने,‘ भारतसँग वार्ता गर्न कोरोना भाइरसको संक्रमण या लकडाउनपछि भन्न मिल्दनै। मुलुकको सार्वभमसत्ता जति ठूलो अरु हुन सक्दैन। राष्ट्रियतालाई जोगाउनुपर्छ।’

उनले राष्ट्रियता संकटमा परेका बेला कोरोना भाइरस या लकडाउन भन्न नमिल्ने, अबिलम्ब आवश्यक प्रमाण जुटाएर भारतसँग प्रधानमन्त्री, परराष्ट्रमन्त्री र परराष्ट्रसचीस्तरीय वार्ता गर्नुपर्ने सुझाव पेश गरेका छन्।

उनले सरकारले ‘कुटनीतिक नोट’ पठाउनुलाई स्वाभाविक मानेपनि त्यसलाई मात्रै कुरेर बस्ने समय नभएको भन्दै त्यो भन्दा माथिका कदम चाल्न ढिलो गर्न नहुने बताएका छन्।

उनले भने,‘भारतले नेपाली भूमिमा सडक निर्माण गरेर नांगो अतिक्रमण हो। यो अतिक्रमणको सबैले भ्रत्सना गर्नुपर्छ। सुगौली सन्धीदेखिनै लिम्पियाधुराको पूर्वको सबै जमिन नेपालको हो। लिम्पियाधुरा त्रिदेशीय सीमा हो। त्यतिबेलादेखि अहिलेसम्मका सन्धीसम्झौताको फेहरिस्त तयार पार्नुपर्छ भन्ने सुझाव पेश गरेको छु।’

खनालले त्यतिबेलादेखि हालसम्म प्रकाशित नक्साहरु खासगरी ब्रिटिस इन्डियाले नै प्रकाशित गरेको थुर्पै नक्साहरुबाट लिम्पियाधुरानै नेपालको सीमाना भएको पुष्टि हुने र ती नक्सालाई एकै ठाउँमा जम्मा गरी देखाउन आवश्यक रहेको बताए।

यस्तै पहिले नापी, कुञ्जी, गर्याङ जस्ता गाउँ लिम्पियाधुरा भन्दा पूर्वतिर परेको र ती गाउँका जनताले मालपोतमा तिरो बुझाएका पत्रहरु अहिले पनि मालपोतमा सुरक्षित रहेको र ती कागजातलाई संकलन गरी भारतलाई देखाउनुपर्ने बताए।

यस्तै विभिन्न सालमा भएका जनगणना पनि वार्ता सफल पार्ने प्रमाणकारुपमा राख्न सकिने उनको भनाई छ। त्यो बेला त्यस क्षेत्रमा प्रहरी चौकी समेत भएकाले सबैखाले प्रमाणको हतियार बलियो बनाएर भारतसँग अबिलम्ब वार्ता गर्न जरुरी रहेको उनले बताए।

यस्तै खनालले त्रिदेशीय सीमाका मामिलमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय वार्ता हुन जरुरी रहेको र त्यसमा हामी केन्द्रीत भएको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष