कसरी सर्‍यो काठमाडौंका प्रहरीलाई कोरोना भाइरस?

कसरी सर्‍यो काठमाडौंका प्रहरीलाई कोरोना भाइरस?
+
-

काठमाडौँ- महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

जेठ २ गते महानगरपालिकाले वृत्तका १९ जनालाई नमूना लिएर कोरोना भाइरस संक्रमण परीक्षण गरेको थियो। थ्रोट स्वाब दिएको ४ दिनपछि अस्पतालले तीमध्ये दुई जनालाई कोरोना पोजेटिभ भएको जानकारी गरायो। पाँच दिनपछि मात्र बुधबार उनीहरु अस्पताल भर्ना भएका छन्।

यतिबेला काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयलाई टाउको दुखाइ बनेको छ- यी दुई प्रहरीलाई कोबाट कोरोना भाइरस सर्‍यो ?

कोरोना संक्रमित नायब निरीक्षक-सई र जवान दुवै नियमित ड्युटीमा थिए। उनीहरु उपत्यकाबाहिर गएका थिएनन्। संक्रमितमध्ये सई मोबाइल ड्युटी कमाण्डर हुन् भने जवानको हतपत्ति कार्यालयभन्दा बाहिर निस्कनु पर्ने काम नरहने गरेको कालिमाटी वृतका अधिकारीहरु बताउँछन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवाली कसरी सर्‍यो भनेर अहिले नै केही भन्न सक्ने अवस्थाा नरहेको बताउँछन्। ‘कार्यालयमा कार्यरत अन्यबाट पनि उनीहरुलाई भाइरस सरेको हुन सक्छ। अर्कोतर्फ ड्युटीमा परिचालन हुने क्रममा पनि सरेको हुन सक्छ’, वरिष्ठ उपरीक्षक-एसएसपी ज्ञवाली भन्छन्।

कालिमाटी वृत्तमा मात्र एक सय ३० जना प्रहरीको दरबन्दी छ। वृत्तसँगै ट्राफिक प्रहरी प्रभाग र महिला सेलको पनि कार्यालय जोडिएको छ। त्यहाँबाट करिब ५० मिटरको दुरीमा कालिमाटी तरकारी बजार छ जहाँ लकडाउनपछि पनि मानिसहरुको निरन्तर चहलपहल हुने गरेको थियो।

पछिल्लो समय नेपाली भूमी लिपुलेकमा भारतले सडक बनाएको विरोधमा राजधानीमा भएका दिनहुँ जसोको प्रदर्शनमा पनि प्रहरी अधिकारीहरु भिडको सम्पर्कमा पुगेका थिए। त्यहाँ अन्य सामान्य स्थितिमा झैँ प्रहरी-प्रदर्शनकारी सम्पर्क भएको थियो।

यसैगरि निरन्तरको लकडाउनबीच राजधानी छाड्नेहरुको लर्को व्यवस्थापनमा पनि प्रहरी अधिकारीहरु परिचालन भएका थिए। खासगरी कालिमाटी नजिकै रहेको कलङ्कीको बाटोमा हजारौँ मानिसको घुँइचो लाग्ने गरेको थियो। बाहिरबाट उपत्यका भित्रने संख्या पनि कम थिएन। पछिल्लो समय राजधानीमा भेटिएका संक्रमितमध्ये धेरैजसो लकडाउनका बेला उपत्यका भित्रिएका छन्।

‘नमूना संकलन गरिएकाबाट यो देखिएको हो। व्यापक परीक्षण गर्ने हो भने अवस्था के छ भन्न सक्ने अवस्था छैन’, ज्ञवालीले भने। दुई जनामा कोरोना संक्रमण देखिएपछि कालिमाटी प्रहरी वृत, ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको छ।

वृत प्रमुख रुगम कुँवरसहित सयभन्दा बढी प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन्। महानगरीय प्रहरी कार्यालय प्रमुख विश्वराज पोखरेलले क्वारेन्टाइनमा रहेका प्रहरी कर्मचारीको परीक्षणका लागि पहल भइरहेको जानकारी दिए। ‘हामीले भोलि परिक्षण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छौँ’, नायब महानिरीक्षक-डीआइजी पोखरेलले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?