लकडाउन खुकुलो भएपछि द्रुतमार्ग निर्माणको काम अघि बढाउने योजनामा सेना

लकडाउन खुकुलो भएपछि द्रुतमार्ग निर्माणको काम अघि बढाउने योजनामा सेना
+
-

काठमाडौँ- नेपाली सेनाले कोरोना भाइरस संक्रमण तीब्र बनेसँगै लम्बिँदै गएको लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई/मधेस द्रुतमार्ग  निर्माण कार्य प्रभावित भएको बताएको छ।

तर लकडाउन खुकुलो हुनासाथ तिव्रताका साथ उक्त द्रुतमार्ग निर्माणको काम अघि बढाउने उसले दाबी गरेको छ।

सेनाले हाल उत्पन्न परिस्थितिका कारण समग्रमा आयोजनाको लक्षित वार्षिक कार्यक्रम अनुसारको काम प्रभावित हुने बताएको हो।

बुधबार नेपाली सेनाले आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा आयोजनाका प्रमुख एवं प्राविधिक महासेनानी शरदलाल श्रेष्ठले लकडाउनका कारण निर्माणाधीन ठेक्का प्याकेजहरुमा अधिकांश साइटहरु बन्द भएको र केही साइटहरु आंशिक रुपमा चालु रहेको बताए।

उनले भने, ‘हाल अन्य काम जस्तै यो द्रुतमार्ग निर्माणको काम पनि लकडाउनका कारण प्रभावित भएको छ। हामी लकडाउन खुकुलो हुनासाथ निर्माण कार्यलाई तिव्रता दिने छौँ। निर्धारित समयमा काम सक्ने हाम्रो उद्देश्य छ।’

श्रेष्ठका अनुसार परामर्शदातासँग सम्झौता भइसकेकाले आगामी दिनमा निर्माण कार्यलाई अघि बढाउन भने सहज हुनेछ।

उक्त द्रुतमार्ग निर्माणका लागि यही जेठ दुई गते योसिन इन्जिनियरिङ कपोरेशन कोरिया जेभीसँग सम्झौता भएको थियो।

श्रेष्ठले अन्तर्राष्ट्रिय परामर्शदता छनौट गर्ने कार्य अधिकतम् प्रतिस्पर्धीकासाथ स्वच्छता, पारदर्शीता, इमान्दारिता, जवाफदेहीता एवम् विश्वासनीयता कायम हुने गरी विद्यमान कानुनको परिधिभित्र रहेर उक्त सम्झौता गरेको दाबी गरे।

श्रेष्ठका अनुसार हालसम्म आयोजनाको सडकखण्डको सबग्रेड लेबलसम्म तयार गर्ने माटो काट्ने/ पुर्ने काम सम्पन्न भएको छ।

आयोजनाको हालसम्मको समिष्टगत प्रगति विवरण प्रस्तुत गर्नक्रममा सेनाले आयोजनाको भौतिक प्रगति ११ दशमलब ११ प्रतिशत र वित्तिय प्रगति ९ दशमलब १० प्रतिशत भएको बताएको छ।

सरकारले २०७४ साउन २१ गते उक्त मार्ग चार वर्षमा निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय गरेको भएपनि सेनाको कार्ययोजनामा यसको निर्माण अवधि पाँच वर्ष उल्लेख छ । त्यसअनुसार सेनाले आगामी तीन वर्षभित्र काम सक्ने दाबी गर्दै आएको छ।

डीपीआर समयमा नै स्वीकृत नहुँदा काम गर्न कठिन भएको भन्दै सेना यसअघि सरकारसँग असन्तुष्ट भएको थियो। सरकारले २०७६ साल भदौमा मन्त्रिपरिषद् बैठकले डीपीआर स्वीकृत गरेसँगै सेनाले काम अघि बढाएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष