वीरगञ्‍ज नाका भएर ४ सय ९९ नेपाली फर्किए ,७ सय ३८ भारतीयलाई पठाइयो

वीरगञ्‍ज नाका भएर ४ सय ९९ नेपाली फर्किए ,७ सय ३८ भारतीयलाई पठाइयो
+
-

पर्सा-लकडाउनका कारण भारतको रक्सौल नाकामा फसेका ४ सय ९९ नेपालीहरु नेपाल भित्रिएका छन्। रक्सौल नाकामा आएर फसेका उनीहरु बुधबार बिरगञ्जको मुख्य भन्सार नाका भएर नेपाल भित्रिएका हुन।

कोरोना सँक्रमणलाई फैलिन नदिन गरिएको लकडाउनका कारण लामो समयदेखि रक्सौलमा आएर अलपत्र अवस्थामा रहेका उनीहरु बुधबार बिहानदेखि नै नेपाल भित्रिन शुरु गरेका थिए।

यसरी बुधबार दिउसो तीनबजेसम्म भारतबाट नेपाल भित्रिने नेपालीहरुमा ४६ जना महिला र बाँकी ४ सय ५३ जना पुरुषहरु रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

लकडाउनका कारण भारतमा बिभिन्न काम तथा रोजगारीको शिलशिलामा गएका नेपालीहरु घर फर्कन नपाई रक्सौलमै अलपत्र परेका थिए।उनीहरु मध्ये केहीलाई रक्सौलमै रहेको क्वारेन्टाईनमा समेत राखिएको थियो।

नेपाल र भारत बिहार सरकारका स्थानीय प्रतिनिधिहरुसँगको समन्वयमा रक्सौलमा फसेका नेपालीहरुलाई बिरगञ्ज नाका भएर नेपाल ल्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

भारतबाट फर्किएका ब्यक्तिहरुको बिबरण सँकलन गरि उनीहरुको समबन्धित जिल्लाकै जिम्मा लगाई क्वारेन्टाईनमा राख्ने गरि फिर्ता पठाईने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

केहीलाई उनीहरुको जिल्ला पठाइएको तथा बाँकी रहेकाहरुलाई पर्सा जिल्लाकै क्वारेन्टाईनमा राखिने बस्नेतले बताए। यस्तै लकडाउनका कारण भारत जान नपाई नेपालमा रहेका ७ सय ३८ भारतीयहरुलाई पनि भारततर्फ पठाइएको छ।

स्वदेश फर्कन नसकेका उनीहरुलाई ७ सय ३८ जना भारतीय नागरिकहरुलाई मंगलबार र बुधबार दिउसो तीन बजेसम्ममा भारत पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

स्वदेश जान हिडेका र लकडाउनका कारण जान नसकेको ३ सय ८८ जना भारतीय नागरिकहरुलाई मँगलबार र बुधबार थप दिउसो तीन बजेसम्म थप ३ सय ५० जनालाई भारत पठाइएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’