बढ्दै छन् खाडीमा ज्यान गुमाउने श्रमिक, शव ल्याउन गाह्रो भएपछि दाहसंस्कारका लागि परिवारको सहमति

बढ्दै छन् खाडीमा ज्यान गुमाउने श्रमिक, शव ल्याउन गाह्रो भएपछि दाहसंस्कारका लागि परिवारको सहमति
+
-

काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएर लकडाउनका कारण स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि परिवारलाई धमाधम सहमति दिन थालेका छन्।

रोजगारदाता देशमा दाहसंस्कार गर्न मृतकका परिवारको सहमति चाहिन्छ। निरन्तरतको लकडाउनका कारण शव ल्याउन नसकिएपछि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारलाई विदेशमै दाहसंस्कारका लागि सहमति दिन बारम्बार आग्रह गर्दै आएको थियो।

दुई साताअघि  मन्त्रिपरिषद् बैठकले विदेशमा दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेपछि  वातावरण सहज बनेको हो। त्यसयता ६० भन्दा बढी मृतकका परिवारले सहमति दिएका छन्।

लकडाउन सुरुभएयता ७५ परिवारले रोजगादारदाता देशमा दाहसंस्कारका लागि सहमति दिएको र अझै एक सय ५२ वटा शव दाहसंस्कारका लागि परिवारको सहमति कुरिरहेको बोर्डले जनाएको छ। पछिल्लो एक सातामा मात्र २० जना नेपाली श्रमिकले ज्यान गुमाएको बैदेशिक रोजगार बोर्डले जनाएको छ।

गत शुक्रबारसम्म लकडाउन सुरुभएयता विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या २ सय ७ थियो भने ५८ जना मृतकका परिवारले रोजगारदाता देशमै दाहसंस्कारका लागि सहमति दिएका थिए।

बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठका अनुसार लकडाउनयता युएईमा ज्यान गुमाएका ४ महिला र ४४ पुरुषसहित ४६ नेपाली श्रमिकमध्ये ३६ परिवारले दाहसंस्कारका लागि सहमति दिएका छन्।

साउदी अरबमा रहेको एक महिला र ५७ पुरुषको शवमध्ये ११  जनाको दाहसंस्कारका लागि परिवारले सहमति दिएका छन्। साउदी अरबमा अझै ४७ वटा नेपाली श्रमिकको शव परिवारको सहमति नभएपछि अलपत्र अवस्थामा छन्।

मलेसियामा ज्यान गुमाएका ५२ मध्ये ४ जनाका परिवारले मात्र सहमति दिएका छन्। कतारमा ज्यान गुमाएका एक महिला र ३६ पुरुषसहित ३७ जनामध्ये १० जनाका परिवारले मात्र दाहसंस्कारका लागि सहमति दिएका छन्। कुवेतमा रहेका पाँच महिला र ६ पुरुषको शवमध्ये कसैको पनि परिवारले दाहसंस्कारका लागि सहमति दिएका छैनन्।

बहराइनमा रहेका ५ शवमध्ये २ जनाका लागि सहमति प्राप्त भएको बोर्डले जनाएको छ। दक्षिण कोरियामा ४ जनाको शव रहेकोमा सबैका लागि सहमति प्राप्त भएको छ।

यसैगरी वैदेशिक रोजगारीमा पुगेका अन्य विभिन्न देशमा ज्यान गुमाएका ११ मध्ये ८ जनाको दाहसंस्कारका लागि परिवारले सहमति दिएको जनाइएको छ।

बोर्डले वैदेशिक रोजगारीमा पुगेकामध्ये कोरोना भाइरसले हालसम्म २३ नेपाली श्रमिकको ज्यान गएको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?