संक्रमितहरू निको भएर घर फर्कन थाले, पुनः परीक्षणका लागि स्वाब पठाइएकाहरू क्वारेन्टिनमै

संक्रमितहरू निको भएर घर फर्कन थाले, पुनः परीक्षणका लागि स्वाब पठाइएकाहरू क्वारेन्टिनमै
+
-

झापा– कोरोना भाइरसबाट सङ्क्रमण पुष्टि भएका १७ जना निको भएर अस्पतालबाट घर फर्किसक्दा पनि आफूहरुको पुनः परीक्षणको रिपोर्ट नआएकाले घर जान नपाएको भन्दै कचनकवल गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुले आपत्ति जनाएका छन्।

आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु मंगलबार आन्दोलित बनेका हुन्।

पहिलाको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका १७ जना निको भएर घर फर्किसकेका छन्। तर आफूहरुको पहिलाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको र पुनः परीक्षणका स्वाब पठाएको एक साता बित्न लाग्दा पनि रिपोर्ट नआएर घर जान नपाएको भन्दै अझै पनि क्वारेन्टाइनमा बसिरहेकाहरुले आपत्ति जनाए।

पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले प्रयोगशालाले रिपोर्ट ढिलो दिएका कारण अहिलेको तनाव व्यवस्थापन गर्न गाह्रो भएको बताए।

उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुको माग पनि जायज छ। सङ्क्रमित त निको भएर घर आइसके। उनीहरुको रिपोर्ट अहिलेसम्म किन आउँदैन छक्क परिरहेको छु।’

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?