भीआईपी जुवाडेमाथि झारा टार्ने अनुसन्धान, पैसाको रुपमा प्रयोग भएका चिप्सबारे ‘मौन’

भीआईपी जुवाडेमाथि झारा टार्ने अनुसन्धान, पैसाको रुपमा प्रयोग भएका चिप्सबारे ‘मौन’
+
-

काठमाडौं- राजधानीको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका प्रतिष्ठित ब्यापारिक घरानाका व्यक्तिहरुमाथिको अनुसन्धान प्रहरीले रातारात सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीमा बैंक सन्चालक र प्रतिष्ठित व्यापारिक समूहका सदस्यहरु छन्।

व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका थिए । प्रहरीले आरोपी सबै ८ जनालाई नै जनहीँ तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको माग गर्न राय दिएको छ।

मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ । पक्राउ परेका सबै जना पहिलोपटक पक्राउ परेको प्रहरीले जनाएको छ। कानुनमा बरामद भएको रकम जफत हुने व्यवस्था छ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का ‘चिप्स’  पनि बरामद भएको थियो । पाँच सय र हजार लेखिएका ती चिप्सहरु क्यासिनोमा प्रयोग हुने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्। तर प्रहरीले चिप्सबारे कुनै अनुसन्धान गरेको छैन।

‘ चिप्सले जुवा थियो भन्ने स्थापित गर्छ। हामीले कानुनअनुसार बरामद भएको रकम जफत हुने र पहिलोपटक पक्राउ परेकालाई हुने सजायको प्रस्तावित राय दिएका छौँ’, घटनाको अनुसन्धान गरेको दरबारमार्ग प्रहरी वृतका प्रमुख रन्जनकुमार दाहालले भने। पाँच सय र हजार लेखिएका चिप्सहरु प्रयोग भएकाले लाखौँ रुपैयाँको खेल भएको हुन सक्ने देखिएपनि त्यसको प्राविधिक पाटोमा  प्रहरीले कुनै अनुसन्धान गरेको छैन। सँगै सम्पत्ती शुद्धिकरण विभागलाई अनुसन्धान गर्न समेत सिफारिस गरिएको छैन।

‘चिप्सको प्रयोग भएकाले त्यहाँ सहभागी भएका व्यक्तिहरुबीचका अन्य कारोबारलाई हेरेर अनुसन्धान गरेको भए धेरै कुरा बाहिन आउने थियो’, लामो समय अनुसन्धानमा विताएका एक अवकाशप्राप्त प्रहरी निरिक्षक भन्छन्।

सोमबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पाँच दिए पनि कोरोना महामारीको कारण देखाएर हाजिरी जमानीमा छाड्ने तयारीबाट प्रहरी पछाडि हटेको थियो। त्यसपछि प्रहरीले रातारात अनुसन्धान सिध्याएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?