विदेशबाट उद्धार गरिने नेपाली होटलमा बस्न चाहे तत्काललाई पाँच ठाउँ तोकियो, सबै काठमाडौँ बाहिर

विदेशबाट उद्धार गरिने नेपाली होटलमा बस्न चाहे तत्काललाई  पाँच ठाउँ तोकियो, सबै काठमाडौँ बाहिर
+
-

काठमाडौँ – सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ।  पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने सरकारको योजना छ । तीमध्ये केहीलाई रोजगारदाता देशले नै नेपाल फर्काउँदैछन्।

यसरी आउने नेपालीलाई सरकारले क्वारेन्टाइनमा राख्ने छ। त्यसका लागि कि आफैले पैसा तिरेर होटलमा बस्नुपर्ने छ या सरकारले बनाएका प्रादेशिक वा स्थानीय निकायका क्वारेन्टाइनमा बस्नुपर्ने छ। पहिलो चरणमा आउन लागेका नेपालीहरुका लागि होटलमा बस्न चाहनेका हकमा विभिन्न पाँच स्थान तोकेर त्यहाँका होटलहरुको व्यवस्था गरिएको छ।

होटलमा बस्न चाहनेलाई दररेट।

सरकारले होटलमा बस्न चाहनेहरुका लागि नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा शशुल्क क्वारेन्टाइनको व्यवस्थापन गरेको छ ।

होटेल एसोसिएसन अफ नेपालका अनुसार पोखरामा तीन हजार, चीतवनमा ५५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी चार हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।

शुक्रबार म्यानमारबाट २६ जना र यूएईबाट एक सय ६८ जना नेपाली स्वदेश फर्कँदैछन् ।  म्यानमारबाट फर्कने सबै २६ जनाको भने उतै पीसीआर परीक्षण भएकोले उनीहरु होम क्वारेन्टाइनमा बस्ने छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?