बाल मस्तिष्कमा कोरोनाको घाउ

बाल मस्तिष्कमा कोरोनाको घाउ
+
-

विश्वमा फैलिने महामारी, भाइरस तथा अन्य यस्ता जटिल रोगहरुका बारेमा मैले आफ्नो बाल्यकालदेखि नै सुन्दै आएको हुँ। पहिले पहिले टीबी रोग पनि अत्यन्तै जटिल रोग मानिन्थ्यो तर अहिले सामान्य मानिन्छ। शुरुमा एड्स पनि जटिल रोग थियो भने अहिले सामान्य रहेको छ। क्यान्सर जस्तो घातक रोगलाई पनि आजभोलि सामान्य रुपमा लिइन्छ।

इबोला, डेंगु, हैजा, स्वाइन फ्लू जस्ता रोगहरु पनि एक समय ज्यादै भयावह थिए तर आज ती सहज हुँदै गएका छन्। यस्तै बेलामा कोरोना अर्थात् कोभिड–१९ नामबाट एउटा जटिल भाइरस उत्पन्न भएको छ। सन् २०१९को डिसेम्बरमा पहिलो पटक चीनको बुहानमा थाहा भएको कारणले यसको नामै कोभिड–१९ राखिएको छ।

प्रारम्भमा चीनमा मात्र देखापरेको यो भाइरस क्रमशः फैलिँदै १५० भन्दा बढी देशहरुमा फैलिसकेको छ। यस अदृश्य भाइरसलाई महामारीका रुपमा लिइएको छ। व्यक्तिबाट व्यक्तिमा हुँदै समुदायमा समेत फैलन सक्ने भएकोले यो भाइरस आजसम्मकै घातक भाइरसका रुपमा लिइएको छ। मानव समुदायमा अत्यन्तै ठूलो सन्त्रास ब्याप्त भएको छ।

पहिलो पटक अधिकांश मुलुकहरुले आ आफ्ना ठाउँमा लकडाउन नाम दिएर सम्पूर्ण यातायात, कल कारखाना तथा आवत जावत बन्द गर्नुपर्‍यो। करीब तीन महिना देखि हाम्रो नेपाल पनि लकडाउनको शिकार भएको छ। यसले गर्दा द्वितीय विश्वयुद्धको समयमा भन्दा पनि नराम्ररी विश्व अर्थतन्त्रमा गिरावट आएको छ। आर्थिक मन्दी र बेरोजगारी झन डरलाग्दो रुपमा बढेको छ।

कोरोना भाइरसको प्रभावका कारण अहिले विश्वका ६० प्रतिशत बालबालिकाहरु विभिन्न मुलुकहरुमा चलिरहको पूर्ण तथा आंशिक लकडाउनका कारण घरभित्र नै बस्न बाध्य छन्। विश्वका झण्डै डेढ अर्ब बालबालिकाहरु विद्यालय जानबाट वंचित रहेको अवस्था छ।

यस्तै अवस्थामा अहिलेका बालबालिकाहरुले आफ्ना अभिभावकहरुलाई एउटा प्रश्न गरेको सुनिन्छ, यो कोरोना भनेको कस्तो भाइरस हो ? अहिले जहाँ पनि यसकै चर्चा छ, समाचारमा, सामाजिक सञ्जालमा तथा एक आपसमा कुरा गर्दा पनि यसकै प्रसंग निस्कन्छ। विभिन्न माध्यमबाट साबुन पानीले घरी घरी हात धुनुपर्छ भनिएको छ। यो सबैलाई थाहा भएकै कुरा हो। यसको उत्तर आफूले जानेसम्म अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई दिइरहेकै हुन्छन्।

विभिन्न समाचारहरुमा मृत्यु भइरहेका विवरणहरु सुन्दा त्रसित भइरहेका छन् बालबालिकाहरु। यसले गर्दा बालबालिकामा धेरै नै त्रासदीपूर्ण वातावरण सिर्जना गरिरहेको छ। विद्यालयको परीक्षा हतार हतार गराएर घर बसेका बालबालिकाको कलिलो मस्तिष्कमा कोरोनाको नराम्रो प्रहार भइरहेको छ। छुट्टी भएपछि बालबालिका कोही घुम्न जाने, मामाघर जाने, कोही गाउँमा हजुर बुवा हजुरआमा बसेको घरमा जाने तयारी गरिरहेका थिए। केही त काठमाडौं उपत्यकाबाट निस्कन पनि भ्याएका छन्।

कोरोनाका कारण समाजमा गहिरिएको घाउ पुरिन निकै वर्ष लाग्ने देखिन्छ। अझ यो बाल मस्तिष्कमा बसेको घाउ पुरिन त बषौं बर्ष पनि कम हुनसक्छ। यस्तो बातावरणका कारण बालबालिका रुने, कराउने, झगडा गर्ने तथा दिक्दारी मान्ने जस्ता कृयाकलाप गर्न थालेका छन्। नयाँ कक्षाको प्रारम्भ तथा आफु ठूलो कक्षामा जाने रहर विद्यालय बन्द भएको अवस्थामा सम्भव नभएपछि उनीहरु विद्यालय खुल्ने व्यग्र प्रतीक्षामा बसेका छन्।

बालबालिकाहरुमा त्रासबाट उन्मुक्ति दिलाउनका लागि अभिभावकहरुले बालबालिकाहरुसँग खेल्ने, यो भाइरसबाट नआत्तिन मनोबल उच्च बनाउने खालका क्रियाकलाप गर्ने, उनीहरुका भावनाहरु अभिव्यक्त गर्न उत्प्रेरित गर्ने, आफूले पनि समसामयिक घटनाका बारेमा उनीहरुलाई जानकारी दिने जस्ता क्रियाकलापहरुले बालबालिकामा सकारात्मक विचारलाई बढाउन सक्छ।

विद्यालय आज खुल्छ कि भोलि खुल्छ भनी प्रश्नमाथि प्रश्न गरिरहेका हुन्छन्। आर्थिक रुपले सक्षम परिवारका बालबालिकाहरुलाई त अभिभावकहरुले उनीहरुको चाहना परिपूर्ति गरिदिन्छन् तर दैनिक मजदूरी गरेर जीवीकोपार्जन गर्ने वर्गको अवस्था हामी कल्पनासम्म गर्न सक्तैनौं।

बालबालिकाको मनोविज्ञानमा परेको नकारात्मक असर हटाउनका लागि सरकारी वा गैरसरकारी निकायबाट बाल चिकित्सा परामर्शको आवश्यकता छ जसले बाल त्रास सजिलै हटाउन मद्दत गरोस र बालबालिका सामान्य अवस्थामा आउन सकून्। विकसित देशहरुमा विद्यालयबाट सञ्चालित फोन सहयोग समूहले त्रासमा रहेका बालबालिकाहरुलाई विभिन्न समाधानका उपायहरुबारे जानकारी दिने व्यवस्था गरिएको पाइन्छ।

विद्यालयबाटै बालबालिकाहरुको मनोबल बढाउन अभिभावकहरु समेत संलग्न भई विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गरिएको पाइन्छ। साथै प्रत्येक दिन एक घण्टा विभिन्न प्रकारका शारिरिक ब्यायामहरु सिकाउने कार्यहरु पनि सञ्चालन गरिरहेको छ।

बालबालिकाहरुमा त्रासबाट उन्मुक्ति दिलाउनका लागि अभिभावकहरुले बालबालिकाहरुसँग खेल्ने, यो भाइरसबाट नआत्तिन मनोबल उच्च बनाउने खालका क्रियाकलाप गर्ने, उनीहरुका भावनाहरु अभिव्यक्त गर्न उत्प्रेरित गर्ने, आफूले पनि समसामयिक घटनाका बारेमा उनीहरुलाई जानकारी दिने जस्ता क्रियाकलापहरुले बालबालिकामा सकारात्मक विचारलाई बढाउन सक्छ।

यस्तो अवस्थामा बालबालिकाहरुमा शारिरिक रुपले रोग प्रतिरोधक क्षमता बढाउने पोषिलो र स्वास्थवर्धक खानेकुरा खुवाउन विशेष जोड दिनुपर्छ। बालबालिकाहरुलाई घरभित्र नै हर्षोल्लासपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ। सरकारी तवरबाट मात्र नभई समुदाय तथा परिवार स्तरबाट समेत बालबालिकाहरुलाई विद्यालयबाट सञ्चालित दैनिक अनलाईन कक्षा बाहेक यस्ता अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउन सकियो भने उनीहरुमा उत्पन्न त्रास र मानसिक असरलाई न्यूनीकरण गर्न सकिन्छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’