भारत सरकारले सीतामढी काण्डलाई साम्य पार्न खेल्याे भूमिका

भारत सरकारले सीतामढी काण्डलाई साम्य पार्न खेल्याे भूमिका
+
-

काठमाडौँ – सर्लाहीको दुई देशीय सीमामा शसस्त्र प्रहरी बल-एपीएफको गोली लागेर  आफ्ना नागरिक मृत्यु भएको घटनालाई भारतले स्थानीयस्तरको  घटनाका रुपमा स्वीकार गरेको छ।

केन्द्रीय सरकारले घटनालाई सामान्य बनाउन निर्देशन दिएपछि सीतामढी प्रशासनको पहलमा शुक्रबार नै सशस्त्र प्रहरीकाे गोलीबाट ज्यान गुमाएका युवाको अन्तिम संस्कार गरिएको छ।

स्रोतका अनुसार भारतकाे सीमा सुरक्षा निकायले पनि केन्द्रीय गृह मन्त्रालयलाई मृत युवासहित बिहार तर्फबाट गएकाहरुले लकडाउन उल्ल‌ंघन गरेकाे र उक्साहट पूर्ण कार्य गरेकाे रिपाेर्ट गरेकाे बुभिएकाे छ ।

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहमाथि सीमा सुरक्षामा खटिएको एपीएफले गोली चलाउँदा सीतामढीका एक युवाको शुक्रबार बिहान ज्यान गएको थियो। लकडाउनका बेला नेपालले भारतसँगको सीमा पूर्णरुपमा बन्द गरेको छ।

यद्यपि नेपालमा रहेको खेतिपातीलगायत कारण देखाएर सीमापारीबाट भारतीयहरु पटकपटक नेपाल प्रवेश गर्न खोजेका छन्। उनीहरुले सीमामा पटकपटक सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्।

घटनापछि स्थानीयले सीतामढीमा शवसहित प्रदर्शन गर्ने प्रयास गरे पनि त्यहाँकाे प्रशासनले त्यसलाई बन्द गरी तत्काल अन्त्यष्टि गर्न दबाब दिएकाे थियाे । उनकाे शुक्रबार बेलुका नै अन्त्यष्टि भएकाे छ ।

नेपाली पक्षले भने तस्करी गर्न नपाएको रिसमा उनीहरु सुरक्षाकर्मीमाथि खनिँदै आएको दाबी गर्छ। शुक्रबारको घटनामा सीमा नजिकै गाउँबाट आएको भारतीय समूहले एपीएफलाई आक्रमण गरी हतियार खोस्ने प्रयाश गरेको र त्यसक्रममा १० राउन्ड हवाई फायर गरी तितरबितर बनाएको एपीएफले जनाएको थियो। तर फेरि उक्त समूह अरु मानिस पनि लिएर फर्किएपछि आफूले बाध्य भएर गोली चलाउनु परेको दाबी एपीएफले गरेको छ।

केही भारतीय मिडियाले भने लिपुलेक, लिपियाधुरा र कालापानी सिमा विवादसँग जोडेर घटनालाई प्रस्तुत गर्दै आफ्ना नागरिक नेपाली सीमा सुरक्षा बलद्धारा मारिएको उल्लेख गरेका थिए। यद्यपी धेरैले जबर्जस्ती भारतीय समूह नेपाल प्रवेश गर्न खोज्दा घटना भएको उल्लेख गरेका थिए।

यो पनि पढ्नुहोस्

सीमामा भारतीयको लगातार आक्रमणपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु

सीमामा भारतीयको लगातार आक्रमणपछि सशस्त्रले गोली ठोक्यो, एकजनाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?