
झापा– झापाको शिवसताक्षी नगरपालिकामा पहिलो पटक एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
शनिबार झापामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
शनिबार पुष्टि भएकाहरूमा शिवसताक्षीकी एक महिलासहित गौरीगञ्ज गाउँपालिकाका ३ पुरुष र बाह्रदशी गाउँपालिकाका १ पुरुष रहेका छन्।
यो संख्यासंगै झापामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको संख्या १७४ पुगेको छ।