रुकुम हत्याकाण्ड: ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश, बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष

रुकुम हत्याकाण्ड: ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश, बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष
+
-

काठमाडौँ:  रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार मुद्दा पेश गरेको हो। प्रतिवादी बनाइएकामध्ये पाँच जना फरार छन्।

मृतक नवराज विककी प्रेमिका भनिएकी युवती, उसका बुबाआमा, वडाध्यक्षसहित ३४ जनालाई प्रतिवादी बनाइएको स्रोतले जानकारी दियो। प्रहरी अनुसन्धानले मारिएका सबै ६ जनालाई गाउँलेले कुटेर बेहोस अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको छ।

‘कुट्दै लखेटेको भनेर गाउँलेले पनि भनेका छन्। तर पहाडमा हुर्किएका केटाहरुले त्यो नदी सामान्य अवस्थामा तर्न सक्ने देखिन्छ। मृतकको शरिरमा देखिएको चोटपटकले मारेर या बेहोस अवस्थामा भेरी नदीमा फालेको हाम्रो निष्कर्ष छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

३४ जना प्रतिवादीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको ती अधिकारीले जानकारी दिए।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक चौरजहारी-८ सोतीमा रहेकी ठकुरी परिवारकी प्रेमिका लिन १९ जना युवाहरु लिएर जेठ १० गते सोती पुगेका थिए। साँझतिर सोती पुगेका उनीहरुलाई गाउँलेले लखेटेका थिए।

युवा पक्षका १३ जना सम्पर्कमा आएपनि ६ जना बेपत्ता भएपछि राति नै प्रहरीले खोजी सुरु गरेको थियो। त्यहि दिन राती नवराजको शव भेरी नदीको किनारमा भेटिएको थियो। करिब दुई साताको बीचमा बाँकी पाँच जना युवाको शव पनि भेरी नदीमा भेटिएको थियो।

‘युवतीसँग कुराकानी गरेर केटाहरु सोती पुगेको देखिन्छ जुन एक साताअघि नै त्यहाँका गाउँलेलाई थाहा भएको पाइएको छ। युवाहरु लखेटिँदा गाउँलेहरुले भेरी नदी किनारमा ढुकिरहेको अनुसन्धानबाट खुलेको छ। जाजरकोटबाट गएका युवाहरु ३/४ वटा समूहमा तितरबितर भएको देखिन्छ। नवराजसहित ६ जना एउटै दिशातिर लागेकाले उनीहरु गाउँलेको ट्रयापमा परेको पाइएको छ’, अनुसन्धान अधिकारी भन्छन्।

प्रहरीका अनुसार घटना भइरहेका बेला प्रेमिका भनिएकी युवती भने घरमै थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?