परीक्षणको दायरा बढाउन ३ वटा मेशिन थप हुँदै

प्रदेश-५ मा ७ हजार ७ सय स्वाब परीक्षण गर्न बाँकी

प्रदेश-५ मा ७ हजार ७ सय स्वाब परीक्षण गर्न बाँकी
+
-

बुटवल-प्रदेश ५ का क्वारेन्टाइनमा रहेका ७ हजार ७ सय जनाको स्वाब प्रयोगशालामा थुप्रिएका छन्। सामाजिक विकास मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीका अनुसार अहिले प्रदेश ५ मा दैनिक औसतमा तीन सय स्वाब परीक्षण हुने गरेको छ।

स्वाब धेरै र काम गर्ने उपकरण थोरै हुँदा अहिले प्रदेश ५ मा स्वाब संकलन भएको एकसातादेखि १० दिनमा मात्र रिपोर्ट आउँछ ।
प्रयोगशालामा अहिले स्वाब थुप्रिएका कारण कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको रिपोर्ट पनि ढिलो आइरहेकोले शव व्यवस्थापनमा समेत समस्या देखिएको छ ।

प्रयोगशालाबाट स्वाबको रिर्पोट ढिलो आउँदा क्वारेन्टाइनमा बसेका संक्रमित व्यक्तिहरुबाट अन्यमा संक्रमण फैलिने त्रास छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुुख डा. राजेन्द्रकुमार गिरीले भैरहवाको प्रयोगशालामा मात्रै एक हजार स्वाब थुप्रिएको जानकारी दिए।

‘हामीकहाँ अहिलेसम्म ५ हजार ८ सय २७ स्वाब आएकामध्ये ४ हजार २ सय ५० को रिपोर्ट नेगेटिभ, ४ सय ८८ स्वाबको रिपोर्ट पोजेटिभ र अझै एक हजार स्वाब परीक्षणको प्रक्रियामा छन्’–उनले भने ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार शनिबारसम्म प्रदेशभरका प्रयोगशालामा ७ हजार ७ सय स्वाब परीक्षण गर्न बाँकी छ । दाङको प्रयोगशालामा ३ हजार ९ सय, भैरहवामा एक हजार, बाँकेमा एक हजार स्वाब परीक्षणको पर्खाइमा छन् ।

बाँकी स्वाब प्रदेश बाहिर पठाएर समेत रिपोर्ट ल्याउने गरिएको छ । केही स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पोखरा र हेटौंडामा परीक्षणको लागि पठाइएको छ ।

प्रदेश ५ का क्वारेन्टिनमा शनिबारसम्म ९ हजार ६ सय ८५ जना रहेका छन् । यो संख्या निरन्तर बढिरहेको छ । आइसोलेसनमा ९ सय ६७ जना रहेका छन् । पहिलो संक्रमण वैशाख १९ गते रुपन्देही र बाँकेमा एकसाथ देखिएको प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ ।

परीक्षणको गति बढाउन थप पीसीआर मेशिन ल्याइदै
कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र भएर प्रयोगशालामा स्वाब थुप्रिएपछि प्रदेश सरकारले थप तीन वटा पिसिआर मेसिन ल्याउन लागेको छ ।
प्रदेशले भैरहवा, बुटवल र दाङमा तीन वटा पिसिआर मेसिन थपेर जाँच बढाउने तयारी गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. चौधरीले बताए ।

अहिले रुपन्देहीको भैरहवा गहुँबालीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भेरी अस्पताल बाँके र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी तीन ठाउँबाट पिसीआर परीक्षण भइरहेको छ ।

डा.चौधरीले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका व्यक्तिको स्वास्थ्य जाँचको अनुुपात बढाउन तीन वटा मेसिन ल्याउने प्रक्रिया अगाडि बढेको बताए। ‘तीन वटा मेसिनमध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राख्ने मेसिन आइसकेको छ । अन्य दुुई वटा मेसिन आउने प्रक्रियामा छन् । तीमध्ये एउटा भैरहवाका जनस्वास्थ्य प्रयोगशालामा राखिने छ’–उनले भने–‘अर्को राप्ती अस्पताल दाङमा राखिने छ ।’ उनका अनुसार मेसिन थप भएपछि स्बाव परीक्षण
दैनिक ६ सम्म पुग्नेछ र स्वाब संकलन भएको ५–६ दिनमै रिपोर्ट आउनसक्नेछ।यी मेशिन ल्याएर एकहप्ताभित्रै काम थालिने उनले बताए । त्यसका लागि प्रदेश सरकारले आवश्यक संरचना, प्राविधिक जनशक्ति र मेशिनका लागि चाहिने सहायक सामग्रीहरु जुटाउन थालेको छ ।

प्रादेशिक अस्पतालमा जोडियो मेशिन
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन जडान गरिएको छ । अस्पतालका अध्यक्ष सुुर्यबहादुुर भट्टराईले प्रदेश सरकारको ६० लाख रुपैयाँ र अस्पताल विकास समितिको बाँकी रकम लगानी गरेर एक करोड ३० लाख रुपैयाँमा उपकरण ल्याइएको बताए । उनले एकहप्ताभित्रमा मेशिन सञ्चालनमा आउने बताए ।

अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको परीक्षण नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु जोखिममा परेपछि अस्पताल विकास समितिको पहलमा पिसिआर जाँच मेसिन ल्याइएको हो।

मेशिन जडान भएपछि अस्पतालको ओपिडीको ज्वरो क्लिनिकमा आउने बिरामीको समेत पिसिआर जाँच गरिने छ भने अस्पतालमा उपचारका लागि आउने अन्य रोगका बिरामीमा शंकास्पद लक्षण देखिएमा परीक्षण गरिनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष