आइसोलेशनमा ज्यान गुमाएका गुल्मीका पुरूषको रिपोर्ट नेगेटिभ

आइसोलेशनमा ज्यान गुमाएका गुल्मीका पुरूषको रिपोर्ट नेगेटिभ
+
-

बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका बाबुराम नेपालीलाई कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका नेपालीको पीसीआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । उनका अनुसार नेपालीको मृत्यु निमोनियाका कारण भएको हो ।

उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

४२ वर्षीय नेपाली ८ दिन अगाडि भारतको दिल्लीबाट गुल्मी आएर क्वारेन्टिनमा बसेका थिए । रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बुटवल ल्याइएको थियो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष