प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड, प्राथमिकतामा भौतिक पूर्वाधार विकास

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड, प्राथमिकतामा भौतिक पूर्वाधार विकास
+
-

बुटवल-प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । उनका अनुसार वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ।

सरकारले ल्याएको बजेटले कोरोना भाइरसका कारण उत्पन्न महामारीबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्ने प्रयास गरेको छ।स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार थप गर्दै अस्पतालहरु स्तरोन्नति गर्ने, बेरोजगार बनेका युवालाई रोजगार दिने, उत्पादनमुखी कार्यक्रमका साथै कृषिलाई व्यवसायिक बनाउनेतर्फ जोड दिने जस्ता कार्यक्रम र योजना बजेटमा छन्।

सरकारले ल्याएको बजेटमा सबैभन्दा धेरै रकम भौतिक पूर्वाधार विकासमा रहेको छ। जसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । सरकारले चालु आर्थिक वर्षमा सञ्चालन गरेका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमजस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ।

प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने, सरुवारोग अस्पताल स्थापना गर्ने, विज्ञान विषय केन्द्रित पठनपाठनलाई बढावा दिनेजस्ता कार्यक्रम पनि समेटेको छ ।
कोभिड–१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ।

प्रदेशस्तरका अस्पताललाई सुविधासम्पन्न बनाउने, जिल्लास्तरका अस्पतालको स्तरोन्नति गर्ने योजना बजेटमा छन्। सरकारले १६ वटा सडक निर्माणको कामलाई निरन्तरता दिदै सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर-एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ। कोभिड–१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ। उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ।

यसपटक प्रदेश सरकारले विदेश भ्रमण खर्च कटौती गरेको छ भने कार्यालय सामग्री खरिदका लागि पनि खर्च कटौती गरिएको छ।

 प्रदेश ५ सरकारको बजेटको पूर्णपाठ


दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष