तामझामसहित विदाइ गरेका ७ जनाको रिपोर्ट ‘पोजेटिभ’

तामझामसहित विदाइ गरेका ७ जनाको रिपोर्ट ‘पोजेटिभ’
+
-

बुटवल-नवलपरासी पश्चिममा आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ।

बिहीबार घर पठाउने क्रममा उनीहरुलाई प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख, वडाअध्यक्षले खादा र मिठाई खुवाएर बिदाई गरेका थिए। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरुलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो।

स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो। आइसोलेनमा बसेका उनीहरुको पुन ः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो।

शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए। “आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश छ। तै पनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौं। रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुनः पोजेटिभ देखियो।” ढकालले भने।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पोजेटिभ देखिको छ। क्वारेन्टाइनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङ्गका क्रममा उनको स्वाब संकलन गरिएको थियो।

क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि कन्ट्रयाक ट्रेसिङ्ग गरिएको थियो। १५ दिनसम्म घर बसेका उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए।

उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्रयाक ट्रेसिङ्ग गरिने छ। संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष