कविता

जयजुली महाजन

जयजुली महाजन
+
-

हामी सबै जन हौँ ऊ महाजन भयो
अटसमटस भुँडी लिई
औला नुहुने औंठीसहित
ब्राह्मण नाक, वजनदार चाक, सुकेको घिरैले रवाफ
उसका सुन्दर पहिरन भए
गन्हाउने गहना भए
ऊ हिनहिनाउँदै शंख फुक्ने आवाज द्धोलेर
शंकालु नजरसहित चारैतिर घुमाउँछ
युगकवि तराइको फाँटमा बसेर
टाढाबाट आइरहेको महाजन हेरिरहन्छ
पुरानो साइकल, युगीन तराजुको कर्कल ध्वनी लिइ
कुच्चिएका, अपांग ढक लिइ
केरियलमा बोरा बोकेर इजारसहित हल्लिइरहेको छ
यस गाउँकै धनी महाजन
जयजुली महाजन।

नुन खानेहरु जयप्रशाद नामले पुर्कादथे
व्यंग्य गर्ने बुढाहरु हुन्छबहादुर पनि भन्थे
महाजनले हुँदैन भनेको कुनै काम छैन
गरेको एकथोपा काम छैन
यद्यपि नामको भोको
फर्माइसमा कुनै कमि छैन।
जनावको पर्दापण टोलमा धेरै पहिले लोटा लिइ भएको थियो
तर अहिले तराजुमा उक्लेको छ
महाजन बनेर जनलाई तौलिरहेछ र भनिरहेछ तेरो मोल यति भो
तेरो हैसियत यति भो

ऊ नुहाउँछ तर बिर्सन्छ जनै धुन
दुर्गन्धको सद्भावना राजदूत बनेर
ऊ आउनुभन्दा पहिले
उसले बोकेको साइकल, तराजु र ढकको आवाज पहिले
उसको असर्फी अत्तर गन्धले नगरा बजाउँछ र सपक्क ढाक्छ नगर
बोल्ने कसैको हिम्मत छैन
तै चुप मै चुप

होसियार खबरदार
जयजुली महाजनको स्वागत सत्कार
चामल हुनेले चामल निकाल
दाल हुनेले दाल निकाल
धन चाहले धान निकाल
केही नहुनेले चाकडी गरी मान निकाल
अघोषित उर्दी महाजनको
सर्वमान्य जयजुली महाजनको
सबैका (अ)प्रिय जयप्रशाद पान खान्छन्, पाद्छन् र थुक्छन् पँधेरो नजिकै
र भन्छन् धोइ पखालो है पाखेजनहरु, म त लागे, म त भागे

विचरा गाउँलेको गलगाँड बनेको छ महाको महाजन
सुरुवाल च्यातेर पाइन्टको निम्ती पैसा मागिरहेका जनहरु
बर्षौदेखि ठगिरहेछन् आफैलाई
जयजुली महाजनको चोर औलाको इशारामा कैद भएर
उसले गरेका काला पाप पखालेर
जनहरु आफ्नो हाड घोटिइरहेछन् वर्षौदेखि
सुन्यौ कसैले ती हाडको निर्दोष आवाज?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?