वर्षाका कारण पहिरो, घरगोठ बगाउँदा १५ लाखको क्षति

वर्षाका कारण पहिरो, घरगोठ बगाउँदा १५ लाखको क्षति
+
-

बुटवल– शनिबार अधिकांश क्षेत्रमा भएको वर्षाले ठाउँठाउँमा पहिरो र बाढी आएको छ।

अविरल वर्षापछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा पहिरोले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ।

नरपानीको जगात निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको लैनो भैंसी, एक बाख्रा, २ वटा खसी, कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको छ। पहिरोले १५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताए।

बिहान एक्कासी आएको पहिरोले घरगोठ बगाएको हो। पहिरोका कारण सोही ठाउँका अरू तीन घर पनि जोखिममा रहेका छन्।
अविरण वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि गोरुसिंगे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिकाको नरपानी तथा शितगंगा नगरपालिकाको सितापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए। पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष