गुल्मीमा पहिरोले जीप पुर्‍यो, एकजनाको मृत्यु, पाँच घाइते

गुल्मीमा पहिरोले जीप पुर्‍यो, एकजनाको मृत्यु, पाँच घाइते
+
-

बुटवल– पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो।

जीपमा सवार ६ जनामध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सीराम काउछाको ज्यान गएको छ।

सोही स्थानकै चालक प्रदीप पुन र रमेश राना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये स्थानीय केशव काउछा, खिम बहादुर काउछा र विशाल काउछाको अवस्था सामान्य रहेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए।

उनीहरुलाई उपचारको लागि अर्घाखाँचीको सन्धिखर्क लगिएको इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीका प्रहरी निरिक्षक पकंज चुँदालीले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष