दानव नदीमा निर्माणाधीन पुल भत्कियो

दानव नदीमा निर्माणाधीन पुल भत्कियो
+
-

बुटवल – बाढीका कारण रूपन्देहीको दानव नदीमा निर्माणाधीन पुल भत्किएको छ । सियारी गाउपालिका वडा नं ५ दयानगर छपियामा दानव नदीमा सियारी र मायादेवी गाउपालिका जोड्ने निर्माणाधिन पक्की पुल भत्किएको हो ।

२०७२–०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल असार मसान्तमा सक्ने गरी काम भइरहेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको पुल ढलान गरिएको १३ औँ दिनका दिन भत्किएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले बताए ।

मरासिनीका अनुसार दुईदिन पछि मात्रै लठ्ठा तान्नुपर्ने भएपनि तिनाउ खोलामा आउने बाढीको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडि नै सुरक्षित गर्ने भन्दै लठ्ठा तानिएको थियो । उपकरणको प्रयोग गर्दा गर्दै बाढीले पुल बगाएको हो ।

८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल भत्किँदा १ करोड बराबरको क्षति भएको पुल निर्माणको जिम्मा लिएको कम्पनी निलगिरी नेशनल जेभिका सन्चालक धनकुमार थापाले जानकारी दिए ।

६० मिटर लम्बाईको उक्त पुलको ३० मिटर खण्ड फागुनको अन्त्य तिर पुल ढलान गर्ने तयारी गरिएको भएपनि लकडाउनका कारण ढिलोगरि ढलान गरिएको उनले बताए ।

ठेक्का सम्झौतामा गत वैशाख १५ भित्रै सम्पन्न गर्नुपर्ने भएपनि लकडाउनका कारण असार मसान्त भित्रै सम्पन्न गर्ने गरि काम गरिरहेको अवस्थामा पुल भत्किएको थापाले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष