भारतको जम्मु-कश्मिरमा भएको गोलाबारीमा गुल्मीका युवाको मृत्यु

भारतको जम्मु-कश्मिरमा भएको गोलाबारीमा गुल्मीका युवाको मृत्यु
+
-

बुटवल–भारतको जम्मु–कश्मिरमा भएको गोलाबारीमा परी गुल्मीका एक युवाको मृत्यु भएको छ।

भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी मृत्यु भएको भन्ने खबर भारतीय सेनाबाट आएको उनको परिवारले जनाएको छ।

उनी सोमबार बिहान साढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी गम्भीर घाइते भएका थिए । गोलाबारीमा परि गम्भीर घाईते भएका कार्कीको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले पाकिस्तानी सेनाले कश्मिरमा गरेको गोलाबारीमा परि कार्की छत्रकोट वडा नं ५ खज्र्याङका शालिकराम कार्कीका छोरा भएको जानकारी दिइन्।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीका ९० वर्षीय बुवा, श्रीमती २ छोरी र एक जना छोरा रहेका छन्।

मृतक कार्कीका दाजु कृष्ण बहादुर कार्की केहीदिन अघि भारतबाट आएर २४ दिनदेखि गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका छन्।

मृतक कार्कीको भारतको गोरखपुरमा सेनाको टुकुडीले सम्मान अर्पण गरेपछि गोरखपुरमा अन्त्येष्टि गरिने मृतकका दाजु कृष्ण बहादुर कार्कीले बताए। उनी कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन्।

जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए।

३–५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत कार्कीको मृत्युबारे भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले पुष्टि गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष