
बुटवल – रुपन्देहीको बुटवलमा शुक्रबार राती भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१० रामनगरमा भएको दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुवँर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।
रामनगरमा रोकीराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको मिनि ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।
गुरुङको घटनास्थलमै र कुवँरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
मिनिट्रकका चालक बुटवल–११ प्रतिनगरका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।
बिग्रिएर रोकिराखेको ट्रकमा मिनि ट्रक ठोक्किएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक
गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।