संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण

संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण
+
-

बुटवल –पाल्पामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

३३ र ३६ वर्षीय पुरुष सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि पाल्पामा दुई सैनिकका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित हुने सैनिकको संख्या ४५ पुगेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।

१८ गते पूर्वखोलाको जल्पास्थित क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थियो ।

उनको जेठ २० गते मृत्यु भएको थियो । जेठ २२ गते कार्यविधिअनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ ।

पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४६ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष