कर्णालीमा कोरोना भय

दान गरेको पीसीआर मेसिन बिग्रियो, खरिद अघि बढाएको मेसिन आउने समय अनिश्चित, १५ सयभन्दा बढी स्वाब थन्कियो

दान गरेको पीसीआर मेसिन बिग्रियो, खरिद अघि बढाएको मेसिन आउने समय अनिश्चित, १५ सयभन्दा बढी स्वाब थन्कियो
+
-

सुर्खेत– सरकारी घोषणाअनुसार कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण बढ्न नसकेका बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई दिनदेखि पीसीआर मेसिन बिग्रिएपछि अधिकारीहरु तनावग्रस्त बनेका छन्।

केन्द्र सरकारको मापदण्डभन्दा फरक १४ दिन क्वारेन्टिनमा बसेकालाई पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने मापदण्ड बनाइएको कर्णाली प्रदेशमा क्वारेन्टिनमा बसेकाहरु पनि छट्पटिन थालेका छन्।

अर्कोतिर चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला प्राविधिकमा संक्रमण देखिएपछि त्रासका कारण प्रदेश अस्पताल सुर्खेत, कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा ओपीडी सेवा अनिश्चितकालिन बन्दको घोषणा गर्न अस्पताल प्रशासन बाध्य भएको छ। व्यवसायी एवं नेपाली कांग्रेसमा आवद्ध विनोद चौधरीले दान गरेको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएपछि १५ सय शंकास्पद व्यक्तिको स्वाब प्रयोगशालामा थन्किएको छ।

स्रोतका अनुसार यो मेसिन मर्मतका लागि प्रदेश सरकारले भारतबाट प्राविधिक झिकाउनका लागि पहल गरेतापनि तत्कालै बन्ने सम्भावना कम छ। स्रोतले भन्यो, ‘अचानक मेसिन बिग्रियो। संकलन गरेका स्वाब अलपत्र परे। तनाब र त्रास दुबै बढेको छ। यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण हुँदै आएको थियो।

सुर्खेतको अत्याधुनिक भनिएको मेसिन बिग्रिएपछि कर्णाली प्रदेशमा कोरोना परीक्षण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्भर हुन पुगेको छ भने त्यसलाई भार पनि बढेको छ।

जर्मन टेक्नोलोजीबाट बनेको मेसिन सञ्चालनमा आएको केही महिनामै बिग्रिएला भन्ने नसोचेको सम्बन्धित अधिकारीहरुले बताएका छन्। स्रोतका अनुसार अत्यावश्यक भएपछि केही प्रहरी जवान र अधिकारीको स्वाब नेपालगञ्ज पठाइएको छ।

तर चिकित्सक, स्वास्थ्यकर्मी, प्रदेश अस्पताल तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कार्यरत प्रयोगशाला प्राविधिक गरी ९ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा प्रदेश अस्पताल सुर्खेतमा संकलित कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब अलपत्र परेको छ।

त्यहाँ कार्यरत चिकित्सकहरु, स्वास्थ्यकर्मी र नर्सहरु तनावग्रस्त बनेका छन् भने ओपीडी बन्द भएको घोषणा गरिएको छ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले मेसिन मर्मतका लागि पहल भइरहेको बताए।

उनले भने, ‘मेसिन बन्दैछ। त्यतिञ्जेल हामीले अन्य ठाउँमा स्वाब परीक्षण गर्न पठाएर भएपनि परीक्षण गर्नुपर्ने जिम्मेवारी थपिएको छ।’

कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा पनि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

तर आफ्नो अस्पतालबाट संकलित थप नमूना परीक्षणका लागि किन बाहिर नपठाएको हो? भन्ने प्रश्नको भने जवाफमा आफूले त्यसबारे बुझ्न बाँकी नै रहेको बताए।

कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य सेवा विभागले विवादस्पद कम्पनी ओम्नीसँग खरिद गरेको ‘प्रोटेवल’ मेसिन उपलब्ध गराएपनि त्यो प्रयोगविहिन अवस्थामा छ। पछिल्लो पटक प्रदेश सरकारले टेन्डरबाट खरिद प्रक्रिया अघि बढाएको अर्को पीसीआर मेसिन पनि सुर्खेत आइपुगेको छैन।

विकल्प नभएको भन्दै कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन रोकिएको प्राविधिकहरु बताउँछन्। प्रयोगशालाका फोकल पर्सनलाई समेत संक्रमण पुष्टि भएपछि अन्य सहकर्मीहरुलाई तनाव बढेको छ।

सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम क्षेत्र घोषणा गरेको दैलेखमा भने हालै पीसीआर मेसिन जडान गरिएको छ। कर्णालीमा एक हजारभन्दा बढीमा संक्रमित पुष्टि भइसकेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष