प्रदेश–५ मा तीन महिनामा ३ सय १३ को आत्महत्या, १ सय ४४ किसान

प्रदेश–५ मा तीन महिनामा ३ सय १३ को आत्महत्या, १ सय ४४ किसान
+
-

बुटवल– प्रदेश ५ मा आत्महत्याको दर डरलाग्दो देखिएको छ। प्रदेश ५ मा लकडाउन (चैत ११) सुरु भएदेखि जेठ मसान्तसम्म ३ सय १३ जनाले आत्महत्या गरेका छन्।

प्रदेश ५ प्रहरी कार्यालय, तुलसीपुरका अनुसार चैतमा ६९, वैशाखमा १ सय १७, र जेठमा १ सय २७ वटा आत्महत्याका घटना भएका छन्।

आत्महत्या गर्नेमा किसान धेरै छन्। गरिबी र अभावको कारण तीन महिनामा १ सय ४४ जना किसानले आत्महत्या गरेका हुन्। यसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना छन् ।

त्यस्तै गृहिणी ४३ जना, मजदुर ४३, विद्यार्थी २९, वैदेशिक रोजगारबाट आएका ६ जनाले पनि आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

प्रदेश ५ प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार बैदवारले पारिवारिक कलह, गरिबी र मनोसामाजिक समस्याले मानिसहरू आत्महत्या गरेको देखिने बताए। बैदवारले भने, ‘आत्महत्या गर्नेमा बढी युवा छन्। उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन्।’

तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१ जनाले युवाले आफ्नो ज्यान आफै लिएका छन्। १६ वर्ष मुनिका २६ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २८ जना र उमेर नखुलेको १ जना छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष