नेकपा विवाद समाधानका लागि कार्यदल

होउ यान्छीको सक्रियता बढ्दो, नेता नेपालअघि राष्ट्रपति भण्डारीसँग ‍भेट

होउ यान्छीको सक्रियता बढ्दो, नेता नेपालअघि राष्ट्रपति भण्डारीसँग ‍भेट
+
-

काठमाडौँ- आन्तरिक राजनीतिक मामिलामा विदेशी भूमिका कुनै पनि रुपमा स्वीकार्य नहुने अभिव्यक्ति सत्तारुढ नेकपाका नेताहरुले दिइरहेका बेला नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले फेरि सक्रियता देखाएकी छन्।

शक्ति संघर्षले उत्कर्ष रुप लिँदा नेकपा फूटको संघारमा पुगेका बेला राजदूत होउको फेरि सक्रियता बढेको हो।

आइतबार बेलुका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी राजदूत होउले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको पाइएको छ।

होउ शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग करिव एक घण्टा नेपालमा पछिल्लो समय विकसित राजनीतिक अवस्थाबारे छलफल गरेको शितल निवास स्रोतले जानकारी दियो।

यसअघि अध्यादेश प्रकरणपछि नेकपाका केन्द्रीय सचिवालयमा ओली अल्पमतमा पर्दा पार्टी फुटको संकेत देखिएपछि त्यसलाई रोक्न राजदूत होउले मध्यस्तकर्ताको भूमिका खेलेकी थिइन्।

पछिल्लो १२ दिन यता नेकपामा प्रतिवद्धता अनुसार कार्यशैली सुधार नगरेको भन्दै ओलीले प्रधानमन्त्री र नेकपा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दबाब बहुमत संख्याबाट आएपछि राजदूत होउले पहिले राष्ट्रपति भण्डारी र त्यसपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको बुझिएको छ।

सोमबार नेता नेपालको कोेटेश्वरस्थित निवासमै पुगेर होउले भेटे लगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उनले लेखेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न देशको नाताले हाम्रा आन्तरिक विषयमा हामी आफै निर्णय गर्न सक्षम छौँ । हाम्रो आन्तरिक मामिलामा कुनै पनि पक्षबाट हुने वा हुन सक्ने दखललाई स्वीकार गर्दैनौँ ।’

नेकपाका शीर्ष र दोस्रोत तहका नेताहरुले हाल पार्टीलाई फुटबाट जोगाउने र ओलीलाई दुवै पदबाट हटाउने मुख्य चुनौतिको सामना गरिरहेका छन्।

खासगरी १२ दिनको बीचमा पटकपटक स्थगित भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा ३० जना सदस्य ओलीको विपक्षमा उत्रिएपछि नैतिक संकटमा परेका ओलीले यही असार १८ गते सत्तामा टिकिरहन संसदको चालु अधिवेश अन्त्य गर्ने सिफारिस राष्ट्रपति भण्डारी समक्ष गरेका थिए। राष्ट्रपति भण्डारीले सोही दिन सिफारिसको अनुमोदन गरेकी थिइन्।

कलह सुल्झाउन कार्यदल गठन


यसैबीच नेकपाभित्रको कलह समाधानका लागि अनौपचारिकरुपमा पार्टी महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सम्मिलित कार्यादल गठन गरिएको छ।

आइतबार गठित उक्त कार्यदलले आन्तरिकरुपमा सहमतिका लागि गृहकार्य गरिरहेको नेकपाका एक स्थायी कमिटी सदस्यले बताए।

यता ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएपनि सहमितको बिन्दुमा उनीहरु पुग्न सकेका छैनन्।

ती सदस्यदे भने,‘ छलफल चलिरहेको छ। अन्यौल कायमै छ। स्थायी कमिटी बैठकको पनि निश्चित छैन।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष