
बुटवल-बुटवलको एक होटलमा क्वारेन्टिन बसेका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार उनीहरु भारतबाट आएर रोजगारदाता कम्पनीमा जानुअघि क्वारेन्टिन बसेका थिए।
उनीहरु बुटवलको एक सिरक डसना भण्डारमा काम गर्नका लागि भारतबाट आएका थिए। पीसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानास्थित कोरोना अस्पताल लगिएको छ।
होटललाई सिल गरेर होटलका कर्मचारीलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको सिंहले जानकारी दिए।