
झापा– सोमबारदेखि झापाको मेची अस्पताल भद्रपुरमा कोरोना भाइरस सङ्क्रमितको उपचार सुरू भएको छ।
अस्पतालमा निर्मित आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार सुरु गरिएको अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलले जानकारी दिएका छन्।
सोमबार संक्रमण पुष्टि भएका अर्जुनधारा नगरपालिकाका–४ र बिर्तामोड नगरपालिकाका एक गरी पाँच जनालाई मेची अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ।
अन्य कोभिडका शंकास्पद ४ जना विरामी पनि भर्ना भएका छन्। उनीहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशाला पठाइएको डा. कँडेलले बताए।
मेची अस्पतालमा २५ शैय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ।
सोही अस्पतालमै पिसिआर प्रयोगशालाको निर्माणको काम सकिएको छ भने केही दिनमै परीक्षण शुरु हुने भएको छ।