क्वारेन्टिनमा सुरक्षागार्ड बसेका युवाद्वारा आत्मदाहको प्रयास

क्वारेन्टिनमा सुरक्षागार्ड बसेका युवाद्वारा आत्मदाहको प्रयास
+
-

बुटवल – रुपन्देहीको देवदहमा क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वाारेन्टिनमा सुरक्षा गार्ड बसेका स्थानीय २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

आत्मदाहको प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए।

ती युवाले राति करिब ३ बजे आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको उनले बताए।

उनले वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षागार्डको काम गर्दै आएका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष