आफैलाई आगो लगाएका रुपन्देहीका युवाको मृत्यु

आफैलाई आगो लगाएका रुपन्देहीका युवाको मृत्यु
+
-

बुटवल – रुपन्देहीको देवदहमा आफ्नै शरीरमा आगो लगाएका युवाको मृत्यु भएको छ। देवदहको एक क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका उनको थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले युवालाई थप उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए।

उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा लैजाने क्रममा स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल ल्याएको र त्यहीँ मृत्यु भएको राठौरले बताए।

आत्मदाहको प्रयास गरेका युवालाई बिहान देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । ती युवाले मंगलबार बिहान झण्डै ३ बजे आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।

देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना भाइरसको महामारी फैलिएसँगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षागार्डको काम गर्दै आएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष