
झापा– झापाका विभिन्न स्थानका १७ जना कोरोना भाइरस सङ्क्रमित मेची अस्पताल भद्रपुरबाट शुक्रबार डिस्चार्ज भएका छन्।
अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार उक्त अस्पतालको आइसोलेसनमा भर्ना भएको करिब १० दिनमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भएका हुन्।
१८ जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनाको बच्चाको अझै पनि पोजिटिभ रिपोर्ट आएकाले १७ जनालाई मात्र डिस्चार्ज दिइएको डा. कँडेलले जानकारी दिए।
मेची अस्पतालमा २२ जनाको क्षमता भएको आइसोलसनमा अब पाँच जना सङ्क्रमित उपचाररत छन्।