रुपन्देहीमा संक्रमण बढ्दो, आयल निगमका कर्मचारीमा संक्रमण देखिएपछि निगमको पम्प बन्द

रुपन्देहीमा संक्रमण बढ्दो, आयल निगमका कर्मचारीमा संक्रमण देखिएपछि निगमको पम्प बन्द
+
-

बुटवल-नेपाल आयल निगमका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार आएको स्वाब परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले जानकारी दिए।

भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा आज बिहान आएको रिर्पोटमा १० जनामा संक्रमण देखिएको छ।

‘गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल गरेका छौ, भलवारी डिपोमा आज काम भएको छैन के कसरी जाने विषयमा छलफल भइरहेको छ’–सूचना अधिकारी ज्ञवालीले भने।

भैरहवास्थित नेपाल आयल निगमको पम्पमा कार्यरत कर्मचारीमा संक्रमण देखिएसँगै आइतबार बिहान ८ बजेबाट सेवा बन्द गरी शिल गरिएको निगमले चलाएको भैरहवा पेट्रोल पम्पका कार्यालय प्रमुख गोविन्द चौधरीले जानकारी दिए।

‘पेट्रोल पम्पका एक कर्मचारी र २ जना कार्यालयका कर्मचारीमा कोभिड–१९ संक्रमण भएको रिर्पोट आउनासाथ पम्प तत्काल बन्द गरेका छौ, पम्पलाई सेनिटाइज गरी डिस्इन्फेक्टेड बनाएपछि कहिले खोल्ने अझै निर्णय गरेका छैनौ’–प्रमुख चौधरीले भने।

भैरहवास्थित हवाई इन्धन डिपोमा कार्यरत केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परिक्षण गर्दा संक्रमण भएको पुष्टि भएको हो।

कर्मचारीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द


बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरका अत्यावश्यक शाखाबाहेकका सबै सेवा बन्द गरेको छ।

उपमहानगरले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेकका सबै शाखाहरु बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

कर्मचारीमा संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालयमा प्रवेश निषेध समेत गरिएको छ।

उपमहानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन दिएको छ।

बैंक तथा वित्तिय संस्थाहरुका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी दिए।

उपमहानगरपालिकाले आइतबार नै संक्रमितको सम्पर्कमा आएका २५ जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशाला पठाएको छ।

रुपन्देहीको सैनामैना नगरपालिकामा पनि लकडाउन


रुपन्देहीको सैनामैना नगरपालिकामा पनि लकडाउन गरिने भएको छ। नगरपालिकाको बैठकले भदौ १ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म लकडाउन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।

उनका अनुसार सैनामैनामा अत्यावश्यकबाहेकका सेवा बन्द हुनेछन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष