
बुटवल– कपिलवस्तुमा बिहीबार १० जना प्रहरीसहित २४ जना संक्रमित थपिएका छन्। यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार नाघेको छ।
बिहीबार कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएका हुन्।
थपिएका संक्रमितहरु कृष्णनगर र बहादुरगञ्ज क्षेत्रका रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। उनीहरु क्वाहरेन्टिनमा बसेका नभई समुदायस्तरकै व्यक्ति हुन्।
बिहीबार थपिएकाहरुमा १० जना प्रहरी, बुटवलको कान्ति विद्यालयका एक जनासहित ४ विद्यार्थी, ३ जना व्यवसायी, हुलाक र भन्सारका एक–एक जना कर्मचारी, नेपाल बैंकका एक जना कर्मचारी, गृहणी एकजना र ३ जना सर्वसाधारण हुन्।
कपिलवस्तु प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो।