रुपन्देहीमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु

रुपन्देहीमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु
+
-

बुटवल– रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।

देवदह नगरपालिका–३ शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी दिए।

उनका अनुसार ती पुरुषको पीसीआर रिपोर्ट बुधबार मात्रै आएको थियो। पक्षघात, उच्च रक्तचाप र मधुमेहका रोगी उनी केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका थिए। कलेजले उनलाई घर पठाएपछि उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक बन्दै गएर निधन भएको कलेजलाई उदृत गर्दै बञ्जाडेले बताए। उनको निधनपछि कलेजलाई शिल गरिएको छ भने उपचारमा संलग्न भएकाहरुलाई सेल्फ आइसोलेशनमा राखिएको छ।

उनीहरुको भोलि शुक्रबार कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गरिने र परिवारको पनि पीसीआर गर्ने उनले बताए। अहिले शिशपुर क्षेत्रमा पनि आवतजावत रोकिएको छ।

मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेनासँग समन्वय भइरहेको बञ्जाडेले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष