
झापा- मेची अस्पताल भद्रपुरबाट १३ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
बिहीबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले जानकारी दिए।
डिस्चार्ज हुनेमा सबै झापाका स्थानीय तहका रहेका छन्। मेचीनगरका ३, अर्जुनधाराका २, भद्रपुरका २, दमकका ४ र विर्तामोडका एक जना डिस्चार्ज भएका हुन्।
पछिल्लो पिसिआर परीक्षणमा १४ जनाको नेगेटिभ रिपोर्ट आए पनि सर्लाहीका एकजना भोलि मात्र विदा हुने भनेर अस्पतालमै बसेका छन्।
केही दिन अघि मेची अस्पतालबाट १७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए।
१३ जना बिहीबार डिस्चार्ज भएपछि उक्त अस्पतालको आइसोलेसनमा १० जना उपचाररत रहेको डा. कँडेलले बताए।
मेची अस्पतालमा स्थापित पिसिआर प्रयोगशालामा हालसम्म १ हजार ७ सय ५२ स्वाब नमूनाको परीक्षण भएको पिसिआर प्रयोगशाला प्रमुख डा. प्रतिमा शर्माले जानकारी दिइन्।
उनका अनुसार हालसम्म १७ जनाको पोजिटिभ र १७३५ जनाको नेगेटिभ रिपोर्ट आएको उनले बताइन्।
गएको २४ घन्टामा उक्त प्रयोगशालामा ३४१ स्वाब नमूनाको परीक्षण गरिएको डा. शर्माले जानकारी दिइन्।