विर्तामोडमा सुनचाँदी व्यवसायीका दुईजना परिवारका सदस्यमा कोरोना संक्रमण

विर्तामोडमा सुनचाँदी व्यवसायीका दुईजना परिवारका सदस्यमा कोरोना संक्रमण
+
-

झापा- झापाका विर्तामोडका सुनचाँदी व्यवसायीका परिवारको दुईजना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उक्त सुन चाँदी पसल रहेको रत्न सुपर मार्केट सिल गरिएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

आइतबार पुष्टि भएका संक्रमित विर्तामोड नगरपालिका ५ का बासिन्दा हुन्।

समुदायमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम शुरु भएको छ। नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगरप्रमुख ध्रुव शिवाकोटीले जानकारी दिए।

योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

झापामा आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विर्तामोडका दुई जनासहित कमल गाउँपालिकाका ३ जना, झापा गाउँपालिकाका १ जना, गौरादह नगरपालिकाका २ जना तथा मेचीनगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष