
झापा- कोरोना भाइरस संक्रमणबाट झापाका एक जना पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
दमक नगरपालिका १ का एक पुरुषको काठमाडौं धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
पित्तथैलीको पथरीको शल्यक्रियाका लागि ह्याम्पस अस्पताल पुगेका उनको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ पाइएको हो।
ह्याम्स अस्पताल जान अघि ती पुरुष विराटनगरको नोबेल अस्पताल गएका थिए। त्यहाँ चिकित्सकलाई संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल रेफर गरिएको थियो।