किसानको पीडाः ५० बोरा मलका लागि पाँच सय किसानको लाम

किसानको पीडाः ५० बोरा मलका लागि पाँच सय किसानको लाम
+
-

झापा- देशभरका किसानले अहिले धान खेतमा हाल्नका लागि रासायनिक मलको अभावको मार खेपिरहेका छन्।

गत असार-साउन महिनामा रोपेको धान अहिले गोड्ने बेला भएको छ। कतिपय किसानले त गोडिसकेका छन्। तर रासायनिक मल पाएका छैनन्।

अहिले कतै मल पाइन्छ कि भनेर किसान कान थापेर बस्न थालेका छन्। जहाँ मल पाइन्छ त्यहाँ किसानको लाम लाग्ने गरेको छ।

कोरोना भाइरसको संक्रमणको त्रासलाई पर सारेर किसान मलका लागि घन्टौंसम्म लाम लागेर बस्ने गरेका छन्।

बिहीबार झापाको शिवसताक्षी नगरपालिकामा त्यस्तै दृश्य देखिएको थियो। शिवसताक्षी नगरपालिका ७ नहरचोकमा पचास बोरा मल रहेको एउटा सहकारी संस्थामा करिब पाँच सय किसान लाम लागे।

यस्तो अवस्थामा किसानलाई समयमा किन्न नदिएर सरकारले कोरोना भाइरसको संक्रमण निम्त्याइरहेको छ।

त्यहाँ साल्ट ट्रेडिङको विर्तामोडमा रहेको गोदामबाट पचास बोरा मल लगिएको थियो। तर मल लैजानका लागि पाँच सय जना किसानले नाम टिपाए। त्यहाँ मलको मात्राभन्दा किसानको संख्या बढी जस्तो देखिन्थ्यो।

सोही नगरपालिकामा किसान मल नपाएका कारण आन्दोलित पनि बनेका छन्। उनीहरू विभिन्न प्लेकार्डसहित आन्दोलनमा उत्रने गरेका छन्।

कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका छन्। नेपाल मलमा पूर्णतः परनिर्भर भएकाले भारतबाट सरकारले बर्षेनी आयात गर्ने गरेको छ।

समयमा मल नपाउने किसानको मर्का नौलो भने होइन। चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको हो।

देशभर कम्तीमा २० हजार टन (चार लाख बोरा) युरियाको माग भएपनि १० प्रतिशत मात्रा पनि सरकारले आपूर्ति गर्न सकेको छैन।

युरिया मात्र होइन, सरकारले डिएपी पनि आपूर्ति गर्न सकेको छैन।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष