
सी. पी. खनाल
भदौ १२, २०७७

अ
+
अ
अ
-
बुटवल – रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितको बिहीबार राती २ः३० बजे मृत्यु भएको हो।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो।

