मलामी गएकासहित एकैघरका १५ जनामा कोरोना संक्रमण पुष्टि

मलामी गएकासहित एकैघरका १५ जनामा कोरोना संक्रमण पुष्टि
+
-

बुटवल-रुपन्देहीमा कोरोना संक्रमित मृतकको सम्पर्कमा आएका एकैघरका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

रोहिणी गाउँपालिका ३ चैनपुरवामा उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। रिपोर्ट आएपछि दाहसंस्कारमा सहभागीहरुको भागाभाग भएको थियो।

मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

संक्रमण पुष्टि भएकामध्ये १३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिला रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताए।

१० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना संक्रमण पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राती आएको थियो।

‘मलामी गएका परिवारका सदस्य सहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियौं, जसमध्ये अहिले सम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ, केही रिर्पोट आउन बाँकी छ’स्वास्थ्य प्रमुख चौधरीले भने।

चैनपुर गाउँमा संक्रमण देखिएपछि रोहिणी गाउँपलिकाले चैनपुर गाउँ शिल गरेको छ।

धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष