
काठमाडौँ– आइतबारदेखि रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ। कोरोना भाइरसको महामारीका कारण यस वर्ष रथ तान्ने नियमित परम्परा प्रभावित भएको छ।
विगतका वर्षहरु जस्तो टोलटोलमा रथ तान्न नसकिने भएकोले शुक्रबार क्षमा पूजा गरेर आजबाट रथ तान्न सुरु गरिएको हो। आगामी शुक्रबारसम्म रथ बुङ्मति पुर्याउने बताइएको छ।
कोरोना भाइरसको महामारी कारण उपत्यककामा निषेधाज्ञा जारी गरिएको अवस्थामा बिहीबार अचानक स्थानीयले रथ तान्न सुरु गरेपछि प्रहरी र स्थानीयबीच झडपको अवस्था सिर्जना भएको थियो। उक्त झडपका कारण ललितपुरको पुल्चोक क्षेत्र बिहीबार दिनभरजसो तनावग्रस्त बनेको थियो।
वर्षा र सहकालको देवताको रुपमा रातो मछिन्द्रनाथ देवतालाई पूजिन्छ। यो जात्रा हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथिसम्म चल्छ।