बिएण्डसी अस्पतालले सबै कर्मचारीको पीसीआर परीक्षण गर्नै पर्छः विर्तामोड नगरपालिका

बिएण्डसी अस्पतालले सबै कर्मचारीको पीसीआर परीक्षण गर्नै पर्छः विर्तामोड नगरपालिका
+
-

झापा- पछिल्लो समय झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ती चिकित्सक तथा कर्मचारीको सम्पर्कमा रहेका सर्वसाधारणको कन्ट्याक्ट ट्रेसिङको काम विर्तामोड नगरपालिकाले गरिरहेको छ।

तर अस्पताल भित्रका कर्मचारीको परीक्षण अस्पताल स्वयंले गराउने भन्ने नगरपालिकासँग सम्झौता भए अनुरुप उक्त अस्पतालले परीक्षण नगराएको नगरपालिकाको गुनासो छ।

बिहीबार उक्त अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंसँग कुरा गर्दा परीक्षण जरुरी नरहेको बताएका थिए। तर अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले १८ जना कर्मचारीको स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको बताएका थिए।

एक जना चिकित्सकसहित १२ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकासँगको सम्झौतामा अस्पताल भित्रका कर्मचारीको स्वाब संकलन गरेर प्रयोगशाला पठाउने काम अस्पतालले नै गर्ने भनिएको छ।

नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्का अनुसार नगरपालिकाको जिम्मामा रहेको काम गरिसकिएको छ। तर अस्पतालले परीक्षणका लागि स्वाब संकलन गर्ने काम नगरेको नगरपालिकाका स्वास्थ्यकर्मीको भनाइ छ।

खड्काले भने, ‘आज पनि अस्पताललाई अनुरोध गर्छौं परीक्षणका लागि। अब त सबै कर्मचारीको परीक्षण नगरि हुँदैन।’

पूर्वाधार र उपचारका हिसाबले पूर्वमा बिएण्डसी अस्पतालले विगतदेखि क्यान्सरलगायत विभिन्न दीर्घ रोगीको उपचार गरिरहेको छ। खड्काका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर उपचार सेवा जारी राख्नुपर्ने बाध्यता छ।

उनले भने, ‘अस्पताल नै सिल गर्दा झन् उपचार नै नपाउने अर्को लफडा आइलाग्छ। तर सबै कर्मचारीको परीक्षण गराएर पोजिटिभ रिपोर्ट आउनेलाई आइसोलेट गर्दै नेगेटिभ रिपोर्ट आउनेलाई काम लगाउँदा जोखिम पनि हुन्न, उपचार सेवा पनि निरन्तर हुन्छ।’

३ सय शैय्या भन्दा माथिका अस्पताललाई संघीय मन्त्रालयले नियमन गर्ने भएकाले अहिले मन्त्रालयले कर्मचारीको पीसीआर परीक्षण गराएर अस्पतालको सेवा चालु रहन दिन सूचना गरेको नगरपालिका कार्यालयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष